मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भारतमा कोरानाभाइरसका कारण मर्नेको संख्या ५० हजार नाघ्यो

  • प्रकाशित मिति : मङ्लबार, भदौ २, २०७७



  • भारतमा कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या ५० हजार नाघेको छ ।

    यो लेख्दासम्म (भदौ १ गते राति ११ः३० बजे) भारतमा मर्नेहरुको संख्या ५० हजार ९ सय १ पुगेको छ । यसअनुसार कोरोनाको कारण सबैभन्दा बढी मृत्यु हुनेमा भारत चौथो मुलुक बन्न पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ७० हजार १ सय ७८ जना, ब्राजिलमा १ लाख ७ हजार आठ सय ५२ जना र मेक्सिकोमा ५६ हजार ७ सय ५७ जनाको निघन भइसकेको छ ।

    भारतपछि सबैभन्दा बढी निधन हुनेहरुमा बेलायत रहेको छ । त्यहाँ ४६ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

    त्यसो त सबैभन्दा बढी संक्रमित हुनेहरुमा भारत तेस्रो नम्बरमा आउँछ । अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित २६ लाख ४७ हजार ६६३ जना भारतमा छन् । भारतभन्दा पनि बढी संक्रमित अमेरिकामा ५४ लाख १४ हजार ३ सय ८१ जना र ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ जना छन् ।

    भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार संक्रमित हुनेहरुमध्ये आधाजसोमा संक्रमण यही महिनाभित्र देखिएको हो ।

    जनसंख्याको हिसाबले भारत दोस्रो ठूलो मुलुकमा पर्दछ ।

    कतिपय विज्ञहरु वास्तविक रुपमा कोरोनाका कारण मर्नेहरुको संख्या भारतमा अहिले देखाइएको भन्दा बढी हुन सक्ने आशंका गर्छन् । उनीहरुका अनुसार भारतमा परीक्षण व्यापक गरिएको छैन र त्यहाँको कमजोर स्वास्थ्य प्रणालीका कारण मृत्यु हुनेहरुको तथ्यांक सही रुपमा राखिने सम्भावना पनि कम छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयले शनिवार जारी गरेको ट्वीटमा दावी गरेअनुसार ‘संक्रमण बढ्दै गएको भएपनि भारतमा कोरोनाको कारण हुने मृत्यु विश्वव्यापी रुपमा हेर्दा निक्कै कम अर्थात् २ प्रतिशतभन्दा तलै छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij