मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उपमेयर नुरजहाँ खातुनका दुुईजना चालकमा कारोना पुुष्टि

  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०७७



  • रौतहट । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनका दुुईजना चालकमा कारोना भाईरसको संक्रमण पुुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरबाट बिहिवार साँझ आएको रिपोर्टमा कटहरिया ५ का एकजना २१ र अर्का २५ वर्षका दुुबै चालकमा कोरोना भाईरस पुुष्टि भएको हो।

    कोरोना पुुष्टि भएका दुुबैजनालाई कटहरिया माविको भवनमा बनाइएको आईसोलेसनमा राखेर उपचार भइरहेको डा.यशुु मल्लले जानकारी दिएकी छिन् । उनीहरुको हालसम्म कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन भएको छैन ।
    उपमेयर खातुनका श्रीमान नसरुदिन अन्सारीमा दुुई साताअघि कोरोना पुुष्टि भएपछि उनको कन्ट्रयाक्ट टे«सिङका आधारमा आठ जनाको स्वाब संकलन गरेर पठाइएकोमा दुुई जनामा पोजिटिभ र एकजनाको रिपोर्ट होल्डिङमा रहेको डाक्टर मल्लले जानकारी दिएकी छिन् ।

    नुरजहाँ खातुन लगायत ५ जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको छ । उनका श्रीमान संक्रमित भएको एकसाता पछिमात्र खातुन र उनी निकट मानिसले स्वाब संकलन गराएको कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले बताए । स्वाब संकलन गराउन पटक–पटक आग्रह गर्दा सुरुमा उपमेयर खातुनले अस्वीकार गरेकी थिइन् । पछि प्रहरीको दबाबमा उनले आफ्नो स्वाव संकलन गर्न राजी भएकी थिइन् ।

    इता, कटहरिया माविको आईसोलेसनमा रहेका १० जनाले कोरोना जितेका छन् । कटहरिया नगरपालिकाकी उपमेयर खातुुनका श्रीमान नसरुदिनसहित सात जनाले कोरोना भाईरस जितेका हुन् । त्यस्तै कटहरिया ५ का एकजना युवकमा कोराना पुुष्टि भएपछि १५७ जनामा गरिएको पिसिआर जाँचमा उनीहरु पनि संक्रमित देखिएका थिए । तीमध्ये लगातार ११ दिन आईसोलेसनमा बसेका १० जना संक्रमणमुक्त भएका छन् । उनीहरुलाई ससम्मान घर फिर्ता गरिएको कटहरिया नगर प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष चन्दन कुश्वाहाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij