मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

कोरोना सङ्क्रमणबाट वाग्मती प्रदेशमा हालसम्म २९ को मृत्यु

  • प्रकाशित मिति : शनिबार, भदौ ६, २०७७



  • वाग्मती । विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ ।

    मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्युु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म सङ्क्रमितको सङ्ख्या २६० पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखापरेको छ ।

    प्रदेशमा ७३४ जना कोरोना सङ्क्रमित उपचारपश्चात् घर फर्केका छन् । सङ्क्रमितमध्ये धेरैको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयबाट प्राप्त जानकारीअनुुसार कोरोना सङ्क्रमण जनस्तरमा फैलिन थालेपछि प्रदेश सरकारले कोरोना जाँच गर्ने दायरा बढाएको छ । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा सङ्क्रमित फेला परेकाले कडाइ गरिएको छ ।

    यसैबीच कोरोना सङ्क्रमण नियन्त्रणका लागि हेटाँैडामा जारी गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञाका कारण हेटौँडालगायत आसपास बजार पूर्ण रुपमा बन्द रहेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कोरोना जनसमुदायमा फैलिन थालेपछि यही भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij