मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाउल पोग्बामालाई देखियो कोरोना

  • प्रकाशित मिति : बिहिबार, भदौ ११, २०७७



  • एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार फुटबलर पाउल पोग्बामालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । २७ वर्षीय फ्रान्सेली स्टारमा संक्रमण देखिएको पुष्टि फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले गरेका हुन् ।  आइशोलेसन बस्ने भएकाले उनी नेसन्स लिग फुटबलमा फ्रान्सका लागि तत्काल उपलब्ध हुने छैनन् ।

     

    नेशल्स लिगअन्तर्गत आफ्नो सुरुवाती खेलका लागि ५ सेप्टेम्बरमा फ्रान्सले स्वीडेनको यात्रा गर्नेछ । अन्तर्राष्ट्रिय खेल गुमाएपनि प्रिमियर लिग सुरु हुँदासम्म भने पोग्बा उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रिमियर लिगअन्तर्गत नयाँ सिजनको सुरुवाती खेलमा वल्र्ड ट्राफोडमा युनाइटेडले क्रिस्टल प्यालेसको सामना गर्दैछ ।

    सन् २०१६ मा विश्व किर्तिमानी रकममा युुभेन्टस्बाट म्यानचेस्टर युुनाइटेड आएयता पोग्बा टोलीका प्रमुख सदस्य रहदैं आएका छन् । उनले १ सय ८ खेलमा २५ गोल गरेका छन् । पोग्बाले फ्रान्सबाट ६९ अन्तर्राष्ट्रिय खेल खेल्दै १० गोल गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij