प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७
जनकपुर । प्रदेश नम्बर २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । शुक्रबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकै कारण एक महिला सहित ५ जनाको मृत्यु भएको हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ७७ वर्षीय एक पुरुष, महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ४ बस्ने ३७ वर्षीय एक पुरुष, सोही नगरपालिका वडा नम्बर ५ बस्ने ७४ वर्षीय एक पुरुष, महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर २ स्थित सिंगयाही बस्ने ६० वर्षीय एक पुरुष र सिरहाको लहान नगरपालिका वडा नम्बर ९ बस्ने ६५ वर्षीया एक महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा अहिलेसम्म १२ महिला र ६५ पुरुष गरि कुल ७७ जनाको मृत्यु भईसकेको छ ।कोरोनाबाट सबैभन्दा बढी पर्सामा ३०, बारामा १३, धनुषामा १२, महोत्तरीमा ६, सप्तरीमा ५, सिरहामा ५, सर्लाहीमा ३ र रौतहटमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बिहीबार कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा ८ जनाको मृत्यु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij