मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोनाबाट गोरखामा एक जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, भदौ १२, २०७७



  • गोरखा : गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। गोरखा नगरपालिका-१३ रामशाह टोलका ३८ वर्षका एक पुरुषको मृत्यु भएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए।

     

     

    चितवनको भरतपुर अस्पतालमा उपचाररत उनको शुक्रबार दिउसो मृत्यु भएको उनले बताए। उच्च ज्वारो आएपछि आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचारका लागि गएका उनी थप उपचारका लागि भरतपुर अस्पताल गएका थिए। अस्पतालले मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो।
    उनी शहीद लखन गाउँपालिकाको नयाँपुलमा रेष्टुरेण्ट सञ्चाल गर्थे।

    यो सँगै गोरखामा कोरोनाका कारण मृत्यू हुनेको संख्या दुई पुगेको छ। यसअघि गत असार १९ गते पालुङटार नगरपालिका ७ का ४१ बर्षीय एक पुरुषको पनि कोरोनाका कारण मृत्यू भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij