आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कलेजो पूरै बिग्रिइसकेको थियो, वैज्ञानिकले शरीरभित्रै नयाँ कलेजो विकास गरे

  • प्रकाशित मिति : शनिबार, भदौ १३, २०७७



  • काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले कलेजो बिग्रिइसकेको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गर्ने काममा सफलता पाएका छन् । अहिले अनुसन्धानको क्रममा वैज्ञानिकहरुले सुँगुरको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गरेका हुन् । उनीहरुले यो सफलतासँगै अब मानिसको शरीरमा पनि यसैगरी नयाँ कलेजो विकसित गर्न सकिने बताएका छन् । पिट्सवर्ग युनिभसिर्टीका वैज्ञानिकहरुले ६ वटा सुँगुरहरुको लिम्फ नोडमा पूर्ण आकारको कलेजो विकसित गरेका हुन् । वैज्ञानिकहरुको यो अनुसन्धानको रिपोर्ट विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ।

    वैज्ञानिकहरुका अनुसार अध्ययनका क्रममा जनावरको कुनै एक अंग कुनै रोगका कारण बिग्रिएमा पनि यो स्वस्थ हुने र शरीरले अर्को अंग विकसित गर्न सक्ने पाइएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार कलेजोमा आफैंलाई विकसित गर्ने क्षमता हुन्छ । यसको सानो भाग मात्रै प्रत्यारोपण गरिएमा पनि यो विस्तारै विकसित भएर पूर्ण आकारको कलेजो बन्न सक्छ । शरीरमा रहेको लिम्फ नोडमा कलेजोका कोषिका विकसित गर्न सकिन्छ कोशिकाहरु किलेर संख्या बढाउनेछन् र पूरा कलेजो तयार हुनेछ ।

    वैज्ञानिकहरुले यो अध्ययनको लागि कलेजोले काम गर्न छाडिसकेका ६ वटा सुँगुर छानेका थिए । अनुसन्धानको क्रममा वैज्ञानिकहरुले ती सुँगुरहरुको रक्त सञ्चारलाई डाइभर्ट गरे त्यसपछि शरीरमा भएको बिरामी कलेजोको कोषिकाको एउटा अंश लिए जसलाई हेप्याटोसाइट्स पनि भनिन्छ । यी कोषिकालाई सुँगुरको लिम्फ नोडमा प्रत्यारोपण गरियो । अनुसन्धान गर्ने वैज्ञानिक डा. एरिक लागेस भन्छन्, ‘यदि हेप्याटोसाइट्सलाई सही स्थानसम्म पुर्याइन्छ भने नयाँ कलेजो विकसित गर्न सक्छ । साधारणतया स–साना क्षति कलेजो आफैंले निको पार्छ ।’

    वैज्ञानिकका अनुसार केही समयपछि सुँगुरमा विकसित भएको कलेजोको अध्ययन गरियो । अध्ययनमा नयाँ कलेजो पुरानो कलोजोभन्दा अलि ठूलो र धेरै विकसित थियो । यस्तै एक अनुसन्धान मुसामाथि पनि गरिएको थियो जुन सफल रह्यो । यो प्रयोग ठूला जनावरमाथि गर्नका लागि एक दशक लाग्यो । अनुसन्धान रिपोर्टमा बताइए अनुसार सुँगुरमा कलेजो बिग्रिँदा पनि लिम्फ नोडमा एउटा नयाँ कलेजो विकसित गर्न सकिने पाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij