मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

सरकारी अधिकारीको आफ्नै सेक्रेटरीसँगको चर्तिकला सबै कर्मचारीले प्रत्यक्ष देखेपछि…

  • प्रकाशित मिति : शनिबार, भदौ १३, २०७७



  • काठमाडौं। कोरोनाभाइरसका कारण धेरैजसो कार्यालयको काम अनलाइनमै भइरहेका छन् । बालबालिकाको पढाइदेखि बैठक पनि अनलाइनमै भइरहेका छन् । तर, प्रविधिको राम्रो ज्ञान नहुँदा वा लापरवाहीका कारण यस्ता घटना पनि क्यामेरामा कैद भइरहेका छन् जसले ठूलो समस्या सृजना गरिरहेको छ । यस्तै घटना फिलिपिन्समा भइरहेको छ ।

    द सनको रिपोर्टअनुसार फिलिपिन्सका एक सरकारी अधिकारी जूम बैठकका क्रममा आफ्नै सेक्रेटरीसँग यौनमा लिप्त अवस्थामा रंगेहात समातिएका छन् । क्याभिटे प्रान्तमा फातिमा दास गाउँ काउन्सिलका सदस्यहरुको जूम बैठक चलिरहेको थियो । कामको सिलसिलामा अधिकारीहरुको यो बैठक दिनहुँ हुन्थ्यो तर २६ अगष्टमा भएको बैठकका क्रममा क्याप्टेन जीसन एस्टिल नामका अधिकारीबाट ठूलो गल्ती भयो ।

    एस्टिललाई लाग्यो कि बैठक समाप्त भयो र केही समयपछि अर्को बैठक फेरि सुरु हुनेछ जबकि बैठक जारी थियो । एस्टिलले आफ्नो क्यामेरा अन नै छोडेर उठे र त्यही कोठामा सेक्रेटरीसँग रोमान्स गर्न थाले । यस क्रममा सबै कर्मचारी कन्फ्रेन्स कलमा लाइभ थिए । उनीहरुमध्ये एक स्टाफे आफ्नो फोनमा एस्टिलको यो हर्कतको भिडियो बनाए । केही समयपछि जब एस्टिललाई मिटिङमा पुनः जोडिने कुराको सम्झना भयो त्यतिबेला मात्रै उनले थाहा पाए कि क्यामेरा त अन नै थियो ।

    हेर्दाहेर्दै यो भिडियो सामाजिक संजालमा भाइरल भयो । भाइरल भएसँगै मानिसहरु अधिकारीप्रति निकै आक्रोशित भए । केहीले त उजुरी नै हाले । घटनाको विवाद चर्किंदै गएपछि स्थानीय सरकारको विभागले एस्टिललाई छिटै जागिरबाट निकालिने बतायो । रिचर्ड जेरोनिमो नामका एक अधिकारीका अनुसार एस्टिलले यो घटनाको लागि माफी मागेका छन् । तर, यो सानो घटना नभएकोले उनले सजाय पाउने जेरोनिमोले बताए । भिडियो सार्वजनिक भएपछि एस्टिल र उनकी सेक्रेटरी दुवै लुकेर बसेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij