मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भारतमा एकैदिन एक लाख संक्रमित

  • प्रकाशित मिति : बिहिबार, भदौ २५, २०७७



  • एजेन्सी, भदौ २५ । भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो ।

    बुधबार मात्र भारतमा कोरोना भाइरस संक्रमित संख्या ९७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्यामा यो नयाँ रेकर्ड कायम भएको भारतीय सञ्चार संस्थाहरुले जनाएका छन् ।

    बुधबार भारतमा एकैदिन ९७ हजार ३ सय ९९ जना नयाँ संक्रमित फेला परेको भन्दै समाचारहरुमा यो संख्या महामारी शुरू भएयता एकैदिन भेटिएको उच्च भएको उल्लेख छ ।

    भारतमा कोरोनाको कूल संक्रमितको संख्या ४४ लाख नाघ्दा पछिल्लो यसैका कारण २४ घण्टामा ११ सय ५२ जनाको मृत्यु भएको जनाइएको छ ।

    अहिलेसम्म भारतमा कोरोनाका कारण हुने मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको उल्लेख छ ।
    संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा भारत विश्वमा तेश्रो स्थानमा छ भने पहिलो अमेरिका र दोश्रो ब्राजिल हो ।

    विश्वभर भने कोरोना संक्रमणका कारण हालसम्म ९ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij