मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु पुष्टि

  • प्रकाशित मिति : मङ्लबार, भदौ ३०, २०७७



  • २९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ ।

    काठमाडौंका ६, भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २/२, ललितपुर, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय र विभिन्न प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

    • काठमाडौं महानगरपालिका-१५ स्वयम्भु, काठमाडौंकी ६१ वर्षीया महिलाको आइतबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर भदौ २६ गते अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको त्यही दिन पुष्टि भएको थियो ।
    • नागार्जुन नगरपालिका-५, काठमाडौंका ६२ वर्षीय पुरुषको आइतबार नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको भदौ २१ गते पुष्टि भएको थियो ।
    • काठमाडौंका ७० वर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको छ । उनी उच्च रक्तचाप र मिर्गौलाका बिरामी थिए ।
    • काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ, काठमाडौंका ७३ वर्षीय पुरुषको ग्राण्डी अस्पतालमा सोमबार मृत्यु भएको छ । निमोनिया तथा श्वासप्रश्वासमा समस्या भएर १५ गते अस्पताल भएका उनलाई कोरोना संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो । उनी उच्च रत्तचाप र मधुमेहका बिरामी थिए ।
    • वीर अस्पतालमा शनिबार मृत्यु भएका काठमाडौं महानगरपालिका-२५ असन, काठमाडौंका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी ज्वरो र श्वासप्रश्वासको समस्या लिएर २७ गते अस्पताल पुगेका थिए ।
    • काठमाडौं महानगरपालिका-१३ छाउनी, काठमाडौंका ८५ वर्षीय पुरुषको नेपाल भारत मैत्री अस्पतालमा मृत्यु भएको छ । मधुमेहका बिरामीसमेत रहेको उनी निमोनिया र श्वासप्रश्वासमा समस्या भएर २६ गते अस्पताल भर्ना भएका थिए ।
    • मध्यपुर थिमी नगरपालिका-५, भक्तपुरका ७२ वर्षीय पुरुषको सोमबार गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको छ । मुटुसम्बन्धी समस्या भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि गंगालाल भर्ना गरिएको थियो ।
    • मध्यपुर थिमी नगरपालिका-७, भक्तपुरका ७४ वर्षीय पुरुषको मेगा अस्पतालबाट ग्राण्डी लैजाने क्रममा मृत्यु भएको छ । ५ दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समस्या देखिएपछि मेगा अस्पताल पुगेका थिए । मेगाले सोमबार मात्र ग्राण्डी रिफर गरेको थियो ।
    • शिवराज नगरपालिका-५, कपिलवस्तुका ४७ वर्षीया महिलाको सोमबार कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । मिर्गौला र उच्च रक्तचापको बिरामी उनलाई कोरोना संक्रमण भएको भदौ २१ गते पुष्टि भएको थियो ।
    • शिवराज नगरपालिका-५ का कपिलवस्तुका ५८ वर्षीय पुरुषको भीम अस्पताल, भैरहवामा आइतबार मत्यु भएको छ । उनी दमको बिरामी थिए र २२ गते संक्रमण पुष्टि भएको थियो ।
    • सिद्धार्थनगर नगरपालिका-५, रुपन्देहीका ६४ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या लिएर सोमबार अस्पतालको फिभर क्लिनिक आएकी उनको पीसीआर टेष्ट गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा दिउँसो मृत्यु भएको छ ।
    • बुटवल उपमहानगरपालिका-११, रुपन्देहीकी ७२ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पतालमा सोमबार साँझ मृत्यु भएको छ । भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको ११ गतेदेखि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।
    • ढोलाहिटी, ललितपुरका ५५ वर्षीय पुरुषको आइतबार पाटन अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर १५ गते अस्पताल भर्ना भएका उनी मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।
    • रामेछापका २३ वर्षीय पुरुषको वीरेन्द्र अस्पताल, छाउनीमा आइतबार मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको आइतबार नै पुष्टि भएको थियो ।
    • सुलिकोट गाउँपालिका-८, गोरखाकी ६३ वर्षीया महिलाको वीरेन्द्र अस्पतालमा सोमबार मृत्यु भएको छ । आन्द्राको उपचारका लागि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा २५ गष्ते कोरोना संक्रमण पुष्टि भएको थियो ।
    • गैंडाकोट नगरपालिका-९, नवलपरासी पूर्वकी ६२ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर १५ गते अस्पतालमा भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १७ गते पुष्टि भएको थियो ।
    • कर्जन्हा नगरपालिका-२, सिराहाकी ३५ वर्षीया महिलाको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनी चार दिनअघि काव्य हस्पिटलमा भर्ना भएकी थिइन् । आइतबार कोरोना संक्रमण पुष्टि भएपछि प्रादेशिक अस्पताल सारिएको थियो ।
    • वीरगञ्ज महानगरपालिका-१०, पर्साकी ५५ वर्षीया महिलाको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आइतबार मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा १२ गते कोरोना संक्रमण पुष्टि भएपछि गण्डक सारिएको थियो ।
    • धनपालथान गाउँपालिका-६, मोरङका ४० वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आइतबार मृत्यु भएको छ । अर्थो अब्जरभेसन वार्डमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको उनमा कुनै दीर्घरोग थिएन ।
    • अन्लाईन खबरबाट सभार

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij