मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो

  • प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७



  • कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    बुधबार धनगढी उपमहानगरपालीका  ५ बस्ने ५७ बर्षिया महिलाको  मृत्यु भएपछि  कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

    उनलाई भाद्र १७ गते कोरोना पुष्टि भएको थियो भने १९ गते अस्पताल भर्ना गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    यसअघि नै अछाममा १, बझाङ्गमा २, बाजुरामा २ र कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले  रातोपाटीलाई जानकारी दिए ।

    यसैगरी,  बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या ७ सय ४९ पुगेको छ ।

    कैलालीका २१, कंचनपुरका ८ , डोटीका ४० र अछामका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको हो ।

    सकृय संक्रमितमा अछाम २९, बैतडी ६३, बझाङ्ग ६५, बाजुरा ९, डडेल्धुरा ९, दार्चुला १०, डोटी १०१, कैलाली ४१४, कंचनपुर ४९ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  बताए ।

    योसंगै यस प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ७०७ पुगेको छ । बिभिन्न अस्पताल बाट १८ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ७०७ पुगेको उनले बताए । त्यसै गरी बिभिन्न अस्पतालहरुमा ६३ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

    कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा २९,टिकापुर ७, महाकाली ११, अछाम १०, डोटी २, डडेल्धुरा ३ र दार्चुला अस्पतालमा १ जनाको उपचार भईरहेको छ ।
    शंकास्पद १४ जना आईसोलेसनमा छन् ।

    प्रदेशका ९ वटै जिल्लामा ९९ आइृसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन । सो बेडमा २ सय १८ पुरुष र ८९म्हिला र होम आईसोलेसनमा ३ सय १८ जना रहेको  स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह काक्री को भनाई छ । ७० हजार ६६७ नमुना जाच मध्य ६ हजार २३२जनामा संक्रमण फेला परेको छ भने   भने ६४ हजार ४३५ नमुनामा भने नेगेटिभ आएको छ ।

    अझै ९ सय ८२ नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij