आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एउटै खेलाडी एउटै खेलमा २ पटक शून्य रनमा आउट, दुवै पटक बोल्ड !

  • प्रकाशित मिति : सोमवार, अशोज ५, २०७७



  • काठमाडौं । आइपीएलको दोस्रो खेलमा दिल्ली विजयी भएको छ । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको दिल्लीले सहज जित हासिल गरेको हो । दिल्ली क्यापिटल्स र किंग्स ११ पंजाबबीचको यो खेलमा केही रोचक रेकर्डहरु बनेका छन् । यो अहिलेसम्म आइपिएलका खेलमा सबैभन्दा कम स्कोर बनेको सुपर ओभर हो । समग्र टि–२० मा भने बिग बाश लिगमा २०१४ मा सिड्नी सिक्सर्सले सुपर ओभरमा १ रन मात्र बनाउन सकेको थियो ।

    यस्तै यो खेलमा पंजाबको तर्फबाट खेलेका वेष्ट इण्डिजका ब्याट्सम्यान निकोलस पुरन २ पटक शुन्य रनमा आउट भए । रोचक त के भने दुवै पटक उनी बोल्ड भएका थिए । पहिले पंजाबको इनिङमा शुन्य रनमा रजिचन्द्रन अश्विनको हातबाट बोल्ड भएका पुरन सुपर ओभरमा कागिसो रबाडाको हातबाट बोल्ड भए ।

    यसअघि एउटै ब्याट्सम्यान २ पटक शुन्यमा आउट भएको घटना अस्ट्रेलियाको बिग बाश लिगमा भएको थियो । २०१४ को बिग बास लिगमा सिड्नी सिक्सर्सका मोइस हेनरिक्स नियमित इनिङमा जेसन बेहान्ड्रफको बलमा विकेटकिपर साम ह्वाइटम्यानको हातबाट क्याच आउट भएका थिए । यस्तै सुपर ओभरमा उनी यासिर अराफतको बलमा क्राइग सिमन्सको हातबाट क्याच आउट भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij