आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आइपिएलः सन्दिप लामिछाने ५ दिनभित्र दिल्ली छाडेर अर्कै टिममा पुग्न सक्छन्

  • प्रकाशित मिति : मङ्लबार, अशोज २७, २०७७



  • काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)को जारी सिजनका आधा खेल पूरा भएका छन् । सबै टिमले पूरै प्रतियोगिता अवधिभर लिग चरणमा १४ खेल खेल्न पाउँछन् । सबै टिमले ७–७ खेल खेलिसकेका छन् । सबै टिमले एक अर्कासँग २–२ खेल खेल्न पाउने नियम छ र अहिलेसम्म सबैले एक अर्कासँग एक–एक खेल खेलिसकेका छन् । यससँगै यो सिजनका लागि मिड सिजन ट्रान्सफर विन्डो खुला भएको छ ।

    यो ट्रान्सफर विन्डो ५ दिनको हुनेछ । यो अवधिमा फ्रेन्चाइजी टिमहरुले एक अर्का टिमसँग खेलाडी किनबेच गर्न पाउँछन् । सिजनका आधा खेल पूरा हुँदा हरेक टिमले ७ खेल खेलेका छन् । ट्रान्सफर विन्डोमा भने यी ७ खेल खेलमध्ये २ वा सोभन्दा कम खेल खेलेका खेलाडी मात्र किनबेच गर्न पाइन्छ । यो सिजन २ वा सोभन्दा कम खेल खेलेका ९० खेलाडी छन् जसलाई अर्को टिमले किन्न सक्छन् । यीमध्ये एक नेपाली खेलाडी सन्दिप लामिछाने पनि हुन् । उनले जारी सिजन कुनै पनि खेल खेलेका छैनन् । यदि अर्को कुनै टिमले उनलाई किन्न चाहेमा दिल्लीसँगको सहमतिमा किन्न सक्छ ।

    यस सिजन विभिन्न कारणले निकै महंगा खेलाडीले पनि २ भन्दा कम खेल खेलेका छन् । १२.५ करोडका राजस्थानका बेन स्टोक्स, १० करोड मूल्यका रोयल च्यालेन्जर्स बैंगलोरका क्रिस मोरिस, ८ करोड मूल्यका मुम्बइका नथान कुल्टर नाइल, ५.२५ करोड मूल्यका दिल्ली क्यापिल्सका अजिंक्या राहाणे चेन्नइ सुपरकिंग्सका ५ करोड रुपैयाँ मूल्यका करण शर्मा समेत यस सिजन मिड सिजन ट्रान्सफरका लागि उपलब्ध छन् । मिड सिजन ट्रान्सफरको लागि मुम्बइका १३, दिल्लीका ९, कोलकाताका १०, बैंगलोरका ११, हैदराबादका १३, राजस्थानका ११, चेन्नइका १० र पंजाबका १३ खेलाडी उपलब्ध छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij