मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोनाबारे स्वास्थ्य मन्त्रालयले दैनिक जानकारी नदिने

  • प्रकाशित मिति : बुधबार, कार्तिक १२, २०७७



  • काठमाडौं। कोरोना भाइरसको अवस्थाबारे दैनिक जानकारी दिँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि दैनिक जानकारी नदिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बिहीबारदेखि कोरोना भाइरसबारे दैनिक जानकारी नदिने बताए।

    मन्त्रालयले हरेक दिन अपरान्ह सवा ४ बजे प्रेस ब्रिफिंग गर्दै आएको थियो। दशैंका अवसरमा केही दिन बन्द भएको यस्तो ब्रिफिंग बुधबार गरिएको थियो। तर, अब सो ब्रिफिंग दैनिक नगरी सातामा दुई पटकमात्र गरिने प्रवक्ता गौतमले जानकारी दिए।

    उनका अनुसार अब आइतबार र बुधबारमात्र मन्त्रालयले प्रेस ब्रिफिंग गर्नेछ। अन्य दिन भने सामाजिक सञ्जाल र भाइबर ग्रुपमा भने अपडेट गराइने छ।

    पछिल्लो दिनहरुमा सरकारले कारोना भाइरसबारे लिएको रणनीतिको चर्को आलोचना भइरहेको छ। सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार लक्षित वर्गको मात्र गर्ने निर्णय गरेपछि दैनिक गरिँदै आएको प्रेस ब्रिफिंगकोसमेत आलोचना भएको थियो। सरकारले दैनिक कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्युको संख्यामात्र गन्ने काम गरेको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले व्रिफिंग पनि कटौती गरेको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij