आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वीर अस्पतालका १६ चिकित्सकले दिए सामूहिक राजीनामा

  • प्रकाशित मिति : बुधबार, कार्तिक १९, २०७७



  • काठमाडौं, कात्तिक १९ । वीर अस्पतालको आकस्मिककक्षमा कार्यरत् १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

    आवश्यक सेवा–सुविधा र भत्ता कटौती गरेको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका चिकित्सकहरुले बुधबार राजीनामा दिएका हुन् ।

    जोखिम मोलेर २४ घन्टा डियुटीमा लगाउने र आवश्यक स्रोत–साधनसमेत उपलब्ध नगराएको भन्दै उनीहरु यही कात्तिक २ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

    उनीहरुले बुधबार अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन् ।

    अस्पतालले कोरोनाको समयमा पनि स्वास्थ्य सुरक्षाका सामग्री व्यवस्थापन नगरेको र दशैं–तिहारको भत्तासमेत नदिएको राजीनामापत्रमा उल्लेख गरिएको छ ।

    ९६ घन्टासम्म विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले मनोबलमा गिरावट आइ राजीनामा दिन बाध्य भएको उनीहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij