आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ग्यास्ट्रिकको समस्या हुनेले चिया खाने कि कफी ?

  • प्रकाशित मिति : सोमवार, मंसिर १, २०७७



  • जाडोयाममा औसतमा भन्दा धेरै चिया वा कफी पिउने चलन धेरैको हुन्छ । कोही दूध राखेको चियाले ग्यास्ट्रिक गराउने भन्दै कालो चिया धेरै पिउने गर्छन् त कोही दूध चिया र कफी नै पिउन पनि डराउँदैनन् । तर चिया र कफी पिउनु ग्यास्ट्रिक र अपचको समस्या भएका बिरामीको लागि कत्तिको हानिकारक छ ?

    वास्तवमा हिउँदमा मानिसहरू विभिन्न प्रकारका फ्राइड रोस्ट खान्छन्, जसले एसिडिटी र ग्यास्ट्रिकको समस्याहरू निम्त्याउँछ । कहिलेकाँही यस्ता खानामा रहेको अम्लताले पेटको दुखाइ, छातीमा जकडिएको वा गम्भीर टाउको दुखाइको समस्या पनि निम्त्याउँछ । तर के मानिसहरू चिया पिएर ग्यास्ट्रिक या एसिडिटीको शिकार हुने गर्छन् ?

    यदि हुन्छ भने यस्तो अवस्थामा चियाको विकल्पमा के पिउन सकिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्नको लागि अन्तर्राष्ट्रियस्तरमा विभिन्न किसिमका खोजीहरू भएका छन् ।

    ग्यास्ट्रिकको समस्यामा चिया र कफी

    २०१३ मा गरिएको एक अध्ययनले ग्यास्ट्रिकको समस्या भएकाहरूले कफी पिउँदा समस्या झनै बढ्ने सम्भावना रहेको देखाएको छ । यस कारणले गर्दा मानिसहरूमा भोक कम लाग्ने, डकार धेरै आउने र पेटमा दुखाइको मससुस हुने गर्छ । चिकित्सक र स्वास्थ्य संगठनहरूले समेत ग्यास्ट्रिकको समस्या भएका मान्छेमा कफीजन्य पेय पदार्थबाट बच्नुपर्ने सुझाव दिन्छन् । ती संगठनहरूको अध्ययन रिपोर्टले ग्यास्ट्रिकका बिरामीले जति धेरै कफी वा चियाको सेवन ग¥यो उति नै यसको समस्या बढ्दै जाने बताएको छ ।

    ग्यास्ट्रिकको समस्यामा कफी

    जर्नल अफ गेस्ट्रोएन्टेरोलोजी एण्ड हेपेटोलोजीमा प्रकाशित एक अन्तर्वार्तामा स्ट्यानफोर्ड युनिभर्सिटीका सह प्राध्यापकले ग्यास्ट्रिक भएका बिरामीहरूको जीवनशैली परिवर्तनको बारेमा कुरा गर्दा कफी एवं कफीजन्य पेय पदार्थबाट सकेसम्म टाढै बस्न सल्लाह दिएका थिए । यसरी यदि तपाईंले कफी पिउनुहुन्छ, जसमा कफीजन्य पदार्थ अधिक मात्रा हुन्छ भने यसले पेटमा उत्पन्न हुने ग्यास सम्बन्धी समस्यालाई बढाउन पनि सक्छ ।

    ग्यास्ट्रिकको समस्यामा चिया पिउँदाका फाइदाहरू

    अब चिया र ग्यासको समस्याको बारेमा कुरा गर्दा अनुसन्धानकर्ताहरूले भनिरहेका छन् कि यी सबै क्याफिनयुक्त पदार्थहरूले ग्यासको समस्यालाई बढाउन सक्दछ, चाहे यो कफीमा होस् वा चियामा वा अन्य कुनै खाद्यान्न वस्तुहरूमा । चियामा क्याफिन मात्र हुँदैन तर अन्य धेरै कम्पोनेन्टहरू पनि हुन्छन् । यदि तपाईंले चिया पिउँदा ग्यासको समस्या बढाउने कफिन मात्रै नभएर त्यसलाई नियन्त्रण गर्ने पदार्थ पनि त्यसमा पाउन सक्नुहुनेछ । तर त्यसको लागि तपाईंले केही ध्यान दिनुपर्ने कुरा समेत छ । उदाहरणको लागि चियामा धेरै दूध र चियापत्तीहरू नथप्नुहोस् । यसको सट्टामा चियाको पनि फरक भेराइटीहरू छान्नुहोस् । जस्तैः

    -कागती चिया

    -कालो चिया

    -हर्वल चिया

    -सहजनको पातको चिया

    यति हुँदाहुँदै पनि ग्यास सम्बन्धी समस्याहरूको बेला चिया र कफी पिउने या नपिउने भन्ने सवालमा अझै धेरै अनुसन्धान गर्नु आवश्यक छ । किनभने धेरै अनुसन्धानहरूले पनि सुझाव दिन्छ कि पूरै आहारबाट कफिन हटाउनु पनि बुद्धिमानी होइन । किनकि कफिनले मस्तिष्कलाई सक्रिय पार्न पनि मद्दत गर्छ । शरीरको लागि कफीका अन्य धेरै फाइदाहरू पनि छन् । तर अझै पनि व्यक्तिहरूले यो कुरा सधैं मनमा राख्नुपर्र्छ कि यदि हामीले सन्तुलित तरिकाले केही खान्दैनौं भने यसले समस्याहरू निम्त्याउन सक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij