मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

किन आमा जस्तै हुन थाले पिताहरु ?

  • प्रकाशित मिति : सोमवार, मंसिर १, २०७७



  • अनुशासन, भय र सम्मान मिलेर बनेको व्यक्तित्व थियो, पिताको । यो अघिल्लो पुस्तासम्मको कुरा हो । किनभने अहिले पिताको व्यवहार र भूमिका बद्लिएको छ । साथसाथै बच्चाले आफ्ना पिताप्रति राख्ने दृष्टिकोण र आस्था पनि फेरिएको छ । किनभने अहिलेका पिताहरु आफ्ना बच्चाका लागि अभिभावक वा मार्गदर्शक मात्र नभएर एक हितैषी मित्र बराबर हुन पुगेका छन् ।

    विगतमा जस्तो पिताले आफ्ना बालबच्चासँग निश्चित दुरी राख्ने गरेका छैनन् । अहिले बच्चका लागि पिताले विगतमा भन्दा बढी प्रेम दर्शाउन थालेका छन् ।

    विगतमा पनि पिताले आफ्ना बालबच्चालई उत्तिनै प्रेम गर्थे । बालबच्चाको भविष्यप्रति उत्तिनै चिन्तित हुन्थे । तर, उनीहरुले आफ्नो भावनालाई व्यक्त गर्दैनथे । कसरी बच्चा हुर्काउने ? के गर्ने, के नगर्ने ? कस्तो व्यवहार गर्ने भन्ने कुराहरु पनि उति सोधीखोजी गर्दैनथे । उनीहरु आफ्नै परिपक्क अनुभवको आधारमा बालबच्चालाई स्वतन्त्र ढंगले हुर्कन दिन्थे । एक किसिमले आफ्नै बच्चासँग पनि दुरी बनाएर बस्थे, ताकि बच्चा आफुमाथि हावी नहोस् । आफुसँग थोरै भएपनि डर राखोस् । जब आफुसँग डराउँछन्, तब अनुशासन पालना गर्छन् । आज्ञाकारी हुन्छन् । यही सोचाईले विगतमा पिताहरुले आफ्नो बच्चासँग धेरै हेलमेल पनि हुँदैनथे । बच्चा रुनसाथ काखमा लिएर खेलाउने गर्दैनथे । बच्चाको समस्या सुनेर भावुक हुँदैनथे । तर, अहिलेका पिताको व्यवहार बद्लिएका छन् ।

    समयसँगै कति बद्लिए पिता ?

    आदिम विकासका क्रममा पिताको काम परिवारको सुरक्षा र भोजनको व्यवस्था गर्नु थियो । र, आमाको कम खानेकुरा पकाउनु, बालबच्चाको स्यहार गर्नुथियो । बच्चाको हेरचाह र प्रेम आमाले गर्थिन् । यी दुबले आफ्नो आफ्नो काम राम्ररी निर्वाह गर्थे । यो विकासक्रम लाखौ बर्षसम्म जारी रह्यो । तर, औद्योगिक क्रान्ति र फेरी संचार क्रान्तिले सबैकुरा बदलिदियो ।

    अहिले पिताका साथसाथै आमा पनि काममा लागे । आयआर्जनका मेलोमेसो मिलाउने काममा खटिन थाले । पुरुषको एकछत्र प्रभाव भएको क्षेत्रमा पनि महिलाको प्रवेश भयो । उनीहरु घर धन्दा र बालबालिका हुर्काउने काममा मात्र नभई आफ्ना श्रीमान सरह घर बाहिरको काममा लाग्न थाले । आयआर्जन गर्न थाले । यसले घरको माहौल परिवर्तन गरिदियो ।

    यही परिवर्तनलई स्विकार गर्दै पुरुषहरुले आफ्नो भूमिका पनि बदल्न थाले । र, विगतमा जुन स्थानमा रहेर आमाले आफ्ना सन्तानको रेखदेख गर्थे, त्यही ठाउँमा पुरुषहरुले आफुलाई उपस्थित गराए । उनीहरु पनि आमा जस्तै बनेर बालबच्चाको स्यहार सुसार गर्न थाले । यस्तो अवस्था किनपनि आवश्यक भयो भने आमा बुवा दुबै घर बाहिर काम गरिरहँदा बालबच्चा हेरचाह गर्नका लागि दुबैले आलोपालो गर्नुपर्ने भयो । आमा काममा भएको बेला वा आमा व्यस्त भएको बेला पिताले सो भूमिका निर्वाह गर्नुपर्ने भयो । यसरी क्रमस पिताको व्यवहार फेरियो ।

    पुरुषको भावनात्मक परिवर्तनको कारण के पनि हो भने उनीहरुमा आफ्ना पूर्वजको तुलनामा टेस्टोस्टेरोन (पुरुष हर्मोन)को स्तर घटेको छ र सन्तान प्रेमका लागि जिम्मेवार अक्सिटोसिन हर्मोन (वात्सल्य हर्मोन)को स्तर बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij