सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

उपभोक्ताका घरघरमा खानेपानीको धारा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १२, २०७७



  • खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित राम्चेका ५२ घर स्थानीय बासिन्दाको घरमा जडान गरिएको खानेपानीको धारा सञ्चालनमा ल्याइएको छ । क्रिश्चियन एडको रु २५ लाख र नगरपालिकाको रु आठ लाख लगानीमा राम्चेका प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हो ।

    करिब डेढ किलोमिटर टाढा पर्ने पात्लेखोला मुहानबाट ल्याइएको खानेपानी आयोजनामा उपभोक्ताको १५ प्रतिशत श्रमदान रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले बताए । “मुहानबाट एक हजार ६०० मिटर वर ४६ हजार लिटरको रिर्जभ ट्याङ्की निर्माण गरिएको छ”, उनले भने, “रिजर्भ ट्याङ्कीबाट राम्चेका ५२ घर स्थानीय उपभोक्ताको प्रत्येक घरमा एक÷एक वटा खानेपानीको धारा जडान गरेर सञ्चालनमा ल्याइएको छ ।”

    बालसेवा समाज नेपाल नेर्पाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको खानेपानी आयोजनामार्फत घरघरमा धारा जडान भएपछि उपभोक्ता हर्षित भएका छन् । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका राम्चेका स्थानीय उपभोक्ता नगरपालिका र क्रिश्चियन एडको आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजनामार्फत आआफ्नो घरमा खानेपानीको धारा वितरण भएपछि हर्षित भएका हुन् ।

    निर्माण उपभोक्ता समितिमार्फत सञ्चालन गरिएको खानेपानी आयोजना आज प्रतिनिधिसभा सदस्य एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विशाल भट्टराईले औपचारिक उद्घाटन गरेका हुन् । करिब छ महिनामा निर्माण सम्पन्न गरिएको खानेपानी आयोजना उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भट्टराईले प्रत्येक नागरिकको घरमा धारा जडान गर्ने सरकारको नीति नै रहेकाले बाँकी रहेका व्यक्तिका घरमा पनि क्रमशः जडान गरिने बताए ।

    खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । बुईपास्थित राम्चेमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा स्थानीय कलाकारले साँगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए ।

    क्रिश्चियन एडले राम्चेका ४६ घर उपभोक्तालाई पानी जम्मा गर्ने हिलट्याङ्कीसमेत वितरण गरेको छ । राम्चेका स्थानीय बासिन्दालाई तरकारीबालीमा अग्रसर गराउने उद्देश्यले प्रतिघर परिवारलाई ५०० मिटरको पाटी ट्याङ्की वितरण गरेको हो ।

    यसैबीच क्रिश्चियन एड नेपालकै लगानीमा बुईपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र पनि उद्घाटन गरिएको छ । बालसेवा समाज नेपालको सहजीकरण तथा क्रिश्चियन एडको रु १० लाख आर्थिक लगानीमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र उद्घाटनको गरिएको हो ।

    कृषिउपज सङ्कलन केन्द्र उद्घाटन कार्यक्रममा कृषकलाई इलेक्ट्रिक ह्याम्बर, हजारी, विषादी स्प्रे, राडीपाखी व्यवासयका लागि कोरासो र क्यारेटसमेत वितरण गरिएको परियोजनाका प्रबन्धक युवराज रिजालले बताए । सङ्कलन केन्द्र सञ्चालन भएपछि विचौलिया अन्य हुने तथा कृषकले उत्पादन गरेका कृषिउपज बाह्य बजारमा बिक्रीका लागि पठाउन सहज भएको छ ।

    उक्त वडाका सबैभन्दा विपन्न परिवारमा पर्ने तुलासिं राईलाई रु ५० हजार बराबरको जस्तापातासमेत प्रदान गरिएको जनाइएको छ । बाख्रापालन व्यवसाय सञ्चालन गर्न खोर निर्माण गर्नेगरी तुलासिंलाई जस्तापाता प्रदान गरिएको वडाध्यक्ष दिनेश राईले जानकारी दिए ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij