मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तौल घटाउन बिहानको नास्तामा अण्डा खानु सही हो ?

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १६, २०७७



  • स्वास्थ्यमाथि सजग हुनेहरुले आफ्नो खान्कीको विशेष ध्यान राखिरहेका हुन्छन् । उनीहरु आफ्नो खानापिनको रुटीन बनाउँछन् – नास्तामा के खाने, बिहानको खानामा के खाने ? खाजा के खाने ? कति कप पानी पिउने, बेलुका कति खाने । यस्तै रुटिन बनाएर खाना खानेहरुले (शाकाहारीबाहेक) बिहानको आफ्नो खान्कीमा अण्डा लगभग समावेश गरेकै हुन्छन् । कतिले अण्डाको क्यालोरी हेर्छन्, कतिले यसको स्वादका लागि खाने गर्छन् । कतिले ‘यसले त स्वास्थ्यलाई फाइदा पुर्याउँछ रे है’ भनेको भरमा खान्छन् ।

    अण्डालाई धेरैले सुपरफुड भन्छन् । त्यसैले अण्डालाई बिहानको नास्ताका लागि उत्कृष्ट मानिन्छ । यदि तपाईं पनि बिहानको नास्तामा अण्डा खान रुचाउनुहुन्छ भने तपाईंले यसबारे केही जानकारी पक्कै थाहा पाउनुपर्छ ।

    अण्डामा कति क्यालोरी हुन्छ ?

    अमलेटमा नुन र तेलबाहेक विभिन्न खानेकुरा राखेर पकाउन सकिन्छ तर बाँकी कुरालाई हटाउने हो भने पकाएको अण्डा (१२० ग्राम) मा करिब २२० क्यालोरी हुन्छ ।

    २२० क्यालोरीको अर्थ के हो ?

    २२० क्यालोरीलाई घटाउन सजिलो छ । तपाईं यसलाई यसरी घटाउन सक्नुहुन्छः

    २० मिनेटका लागि डोरीमा उफ्रने

    ३५ मिनेटका लागि साइक्लिङ गर्ने

    ३० मिनेट जगिङ गर्ने

    के तौल घटाउनका लागि अमलेट खानु सही हो ?

    अण्डा आफ्नो पोषण र स्वास्थ्य लाभका कारण शानदार खाद्य पदार्थ हो । यसलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । यो प्रोटिनले भरपुर हुन्छ । तर प्रश्न यो हो कि तौल घटाउनका लागि अण्डा खानु सही हो कि होइन ? अण्डामा विभिन्न तत्व पाइने भएकोले यसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ र यसो गर्नु सही हो ।

    १. अण्डा खाँदा तपाईंको पेट भरिएको महसुस हुन्छ किनभने यो प्रोटिनले भरपुर हुन्छ । यो खाएपछि तपाईंलाई अरु केही खाने इच्छा हुँदैन । यसको अर्थ तपाईं अनावश्यक क्यालोरी खानबाट बच्नुहुन्छ ।

    २. अण्डाले मेटाबोलिजमलाई ट्रिगर गर्छ यसले क्यालोरी घटाउन मद्दत गर्छ ।

    ३. अण्डा निकै सजिलै सबैतिर उपलब्ध हुन्छ र यसलाई खानामा समावेश गर्न सहज हुन्छ ।

    ४. अण्डा स्वस्थ खाना हो र यदि यसलाई सही मात्रामा खान जाने क्यालोरी पनि कम हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij