आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनाभाइरसले पूरै परिवारको मृत्यु, महिलाले ठिक अघि छोरा जन्माएर प्राण त्यागिन्

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १६, २०७७



  • काठमाडौं। कोरोनाभाइरसले विश्वमा लाखौं मानिसहरुको ज्यान लिएको छ । तर, एक महिलाको पूरै परिवारको कोरोनाभाइरसका कारण मृत्यु हुँदा उनले आफ्नो अन्तिम समयमा छोरा जन्माएकी छिन् । अब त्यो परिवारमा ती नवजात बालक एकमात्र जीवित सदस्य हुन् । महिलाले कोरोनाभाइरसबाट संक्रमित भएर भेन्टिलेटरमा रहेका बेला छोरा जन्माएकी हुन् । छोरा जन्माएपछि महिलाको मृत्यु भएको छ । उनका मातापिताको पनि कोरोनाभाइरसकै कारण मृत्यु भइसकेको छ ।

    डेलीमेलको रिपोर्टअनुसार घटना रुसको हो । सेन्ट पिटसबर्ग शहरकी स्वेतलाना सोरोचिन्सकाया केही समयअघि पितालाई भेट्न अस्पताल गएकी थियन् । अस्पतालमा उनका पिताको मुटुको सर्जरी गरिएको थियो । स्वेतलाना पितालाई भेट्न अस्पताल जाँदा उनी संक्रमित भएको विश्वास गरिएको छ । पितालाई भेट्न जाँदा उनी गर्भवती थिइन् । गएको ५ नोभेम्बरमा उनका पिताको कोरोनाभाइरसका कारण मृत्यु भयो ।

    उता स्वेतलाना प्रसूती अस्पतालमा जाँदा उनीमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई रुसको ठूलो संक्रामक रोगको अस्पतालमा पठाइयो । तीन दिनसम्म अस्पतालमा भर्ना रहेपछि स्वेतलानाले तय मितिभन्दा ६ हप्ता पहिले छोरालाई जन्म दिइन् । यस क्रममा स्वेतलानालाई भेन्टिलेटरमा राखिएको थियो । छोरा जन्मिएको केही घण्टापछि स्वेतलानाको पनि मृत्यु भयो ।

    स्वेतलानाको मृत्युको केही दिन पहिले उनकी आमा पनि संक्रमित भएकी थिइन् । १२ नोभेम्बरमा स्वेतलानाकी ६२ वर्षकी आमाको पनि मृत्यु भएको थियो । स्वेतलानाको नवजात छोरालाई अहिले अस्पतालमै राखिएको छ । स्वेतलाना सम्बन्धविच्छेद गरेर बसेकी थिइन् । गर्भवती भएपछि उनले बच्चाको पिताको नाम बताउन अस्वीकार गरेकी थिइन् अर्थात उनी सिंगल आमा बन्न चाहन्थिन् । स्वेतलानाको मृत्युपछि एक व्यक्तिले बच्चाको पिता आफू भएको दावी गरेका छन् । ती व्यक्ति नै बच्चाका पिता हुन् वा होइनन् भन्ने पत्ता लगाउन डिएनए परीक्षण गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij