प्रकाशित मिति : मङ्लबार, मंसिर २३, २०७७
झिमरुक । प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको सोमबार मृत्यु भएको हो ।
घर नजिकै पिपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्युठान अस्पताल बिजुवार लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij