सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मंसिर २८देखि उखु किसानले माइतीघरमा धर्ना दिने

  • प्रकाशित मिति : बुधबार, मंसिर २४, २०७७



  • काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्दि्रत आन्दोलनको घोषणा गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।

    माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

    ‘मंसिर २७ गते बेलुका सर्लाहीबाट हामी पाँच सय जना किसान काठमाडौंका लागि हिँड्दै छौं, २८ गते माइतीघर घेराउ गर्छौं,’ संरक्षक मिश्रले भने ।

    सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताए ।

    ‘तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थियौँ, उहाँले पैसा दिलाइदिने भनेर ठूलो-ठूलो कुरा गर्नुभयो, तर पैसा आएन,’ मिश्रले गुनासो गरे ।

    सरकारले किसानसँग पटक-पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् ।

    काठमाडौं केन्दि्रत आन्दोलनको कार्यक्रमअन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ ।

    माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसानहरु तयार भएको संरक्षक मिश्रले बताए ।

    बक्यौता कति ?

    चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

    जसअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ किसानलाई बुझाउन बाँकी छ ।

    श्रीराम सुगर मिलले बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको तर भूमिसुधार मन्त्रालयबाट स्वीकृति नपाइएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

    चिनी मिलका सञ्चालकहरु मन्त्रालयको सम्पर्कमै रहेको र किसानका लागि बक्यौता दिलाउन मन्त्रालयले निरन्तर प्रयास गरेको सह प्रवक्ता केसीको भनाइ छ ।

    इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले पनि राज्यमन्त्री मोतीलाल दुगडसँगको छलफलमा रकम तिर्ने प्रतिबद्धता जनाएको उनले बताइन् ।

    ५० करोड रुपैयाँ बराबरको चिनी मिलमा रहे पनि बिक्री गर्न नपाउँदा किसानको भुक्तानी दिन नसकेको जानकारी अग्रवालले मन्त्रालयलाई गराएको केसीले बताइन् । अन्य मिलहरुबाट पनि भुक्तानीका लागि मन्त्रालयबाट ताकेता भईरहेको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij