सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मुकेश अम्बानी हजुरबुवा बने, गत वर्ष खेलौनाको कम्पनी नै किनेका थिए

  • प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०७७



  • काठमाडौं। भारतीय अर्बपति व्यवसायी मुकेश अम्बानी हजुरबुवा बनेका छन् । उनका छोरा आकाश अम्बानीकी पत्नी श्लोकाले बिहीबार बिहान ११ बजे छोरालाई जन्म दिएकी हुन् । आकाश र श्लोकाको विवाह ९ मार्च २०१९ मा भएको थियो ।

    गत वर्ष मुकेश अम्बानीको कम्पनी रिलायन्सले करिब ६२० करोड रुपैयाँमा बेलायती खेलौना ब्राण्ड हेमलेज ग्लोबल होल्डिङ्स लि. किनेको थियो । त्यतिबेला सामाजिक संजालमा मुकेशले आफ्नो घरमा आउने नयाँ पाहुनाको लागि पहिलेदेखि नै खेलौना जम्मा गरेको भन्दै ठट्टा गरिएको थियो ।

    आकाश र श्लोका स्कुलदेखिका साथी हुन् । दुवैले धीरुभाइ अम्बानी इन्टरनेशनल स्कुलमा पढेका हुन् । श्लोकाले लण्डनमा स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सबाट कानुनमा डिग्री गरेकी छिन् । श्लोका सामाजिक कार्यकर्ता पनि हुन् । श्लोकाले २०१५ मा कनेक्ट फर नामको सामाजिक संस्था खोलेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij