सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती

  • प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०७७



  • काठमाडौं, मंसिर २५ । मानवअधिकार दिवसका दिन मानवअधिकारवादीमाथि प्रहरी ज्यादती गरिएको छ ।

    बिहीबार काठमाडौंको माइतीघर मण्डलामा ७२औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

    मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानवअधिकारवादीहरूलाई प्रहरीले धरपकड गर्दै दुर्व्यवहार गरेको हो ।

    सर्वाेच्च अदालतबाट समेत मण्डलामा धर्ना, प्रदर्शन गर्न नरोक्न सरकारको नाममा आदेश जारी गरिसकेका सन्दर्भमा मानवअधिकार दिवस मनाउन पुगेका मानवअधिकारवादी माथि नै सरकारले शक्ति प्रयोग गरेको हो ।

    मानवअधिकारवादी इन्द्र अर्याल, राजन कुईंकेल, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी, महामुनिश्वर आचार्य, सावित्री श्रेष्ठ, कल्याण पोखरेललगायत करिब तीन दर्जनमाथि दुर्व्यवहार गरिएको हो ।

    न्यायका लागि मानवअधिकार सञ्जालको ब्यानरमा दिवस मनाउन उपस्थित मानवअधिकारवादीहरूलाई प्रहरीले मण्डलाबाट गलहत्याउँदै लछारपछार गरी उहाँहरूलाई सडकको अर्काे छेउसम्म पुर्‍याएका थिए ।

    प्रदर्शनकारीहरूले सरकारी दमनको विरोध गर्दै सर्वोच्च अदालतको आदेश पालना गर्न माग गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij