सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नेकपाका नेताहरु आफ्नो बहुमत देखाउन तल्लो तहमा गुट भेला गर्दै, एकअर्कालाई पेलेरै जाने रणनीति

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०७७



  • काठमाडौं । दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु पछिल्लो समय आफ्नो बहुमत बलियो बनाउनतर्फ लागेका छन् ।

    नेकपाका अध्यक्षद्वय केपी शार्म ओली र पुष्पकमल दाहालले एक अर्काविरुद्ध आरोप प्रत्यारोपसहित प्रस्ताव सचिवालय बैठकमा पेश गरेसँगै नेकपामा बहुमतको जोडबल हुन थालेको छ ।

    पछिल्लो समय अध्यक्ष ओली र दाहाल–नेपाल पक्षका नेताले तल्लो तहसम्म आफ्नो बहुमत भएको दावी गर्न गुटका भेला गर्न थालेका छन् ।

    मदन भण्डारी फाउण्डेसनका नाममा अध्यक्ष ओली प्रदेश–१, कर्णाली लगायत विभिन्न स्थानमा यसअघि नै भेला गर्नुभएको थियो ।

    यस्तै दाहाल–नेपाल पक्षले पनि विभिन्न स्थानमा आफ्नो समूहलाई प्रशिक्षण दिइरहेका छन् ।

    केही दिनअघि मात्र थापाथली क्याम्पसमा दाहाल नेपाल पक्षका नेताले विद्यार्थी भेला गराएका थिए ।

    अध्यक्षद्वयका प्रस्ताव पेश भएपछि सचिवालय बैठक जारी रहेका बेला दुवै पक्षले आफ्नो प्रतिवेदनको बचाउ गर्दै तल्लो तहमा प्रशिक्षण र भेलालाई तीव्र पारेका हुन् ।

    बैठकमा सचिवालय र स्थायी कमिटी बैठक जारी रहेका बेला दुई अध्यक्षबीच भएका अनौपचारिक छलफलहरुमा कारवाही गर्न एक अर्काले चुनौती दिएसँगै तल्लो तहसम्म आफ्नो बहुमत देखाउन नेताहरु गुटका भेला गर्न थालेका हुन् ।

    यही मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि एक साताका लागि दुवै अध्यक्षलाई छलफलका लागि समय दिइएको भएपनि झन् तिक्तता बढेको छ ।

    गत बुधबार अध्यक्षद्वयबीच भएको छलफलमा मिलेर अघि बढ्नभन्दा प्रधानमन्त्री ओली पेलेरै जाने संकेत गरेको दाहाल पक्षका नेताहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij