सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पर्वतीय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०७७



  • काठमाडौं । आज, अन्तर्राष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ ।

    पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ । पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

    पछिल्लो समय जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ ।

    यही असरलाई न्यूनीकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ ।

    पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन सुरु गरिएको हो ।

    पर्वतीय क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र पर्वतीय वातावरणलाई बिग्रन नदिन दिवसले जोड दिएको छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij