सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०७७



  • काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ ।

    पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ ।

    कार्यालयमा दुई-तीन महिना पहिले छापिएकादेखि दुई÷तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन सेवाग्राही आउन बाँकी रहेको कार्यालय प्रमुख सम्बरबहादुर कार्कीले बताउनुभयो ।

    विभागले गत वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो ।

    तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ ।

    प्रमुख कार्कीका अनुसार गत वर्ष चैतमा बन्दाबन्दी भएसँगै बन्द कार्यालय असारमा खुलेपछि कार्यालयमा सेवाग्राहीको धेरै चाप रहेको थियो ।

    त्यतिबेला धेरै कार्यालय बन्द भएकाले फुर्सदका कारण पनि सेवाग्राही धेरै आएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले धेरै कार्यालय खुलेकाले पनि हुनसक्छ सेवाग्राही कम भएका छन् ।”

    कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी छ ।

    कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ ।

    विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन ।

    अनुमतिपत्र नवीकरणका लागि दैनिक तीनरचार सय सेवाग्राही आइरहेका छन् । यो सङ्ख्या पछिल्लो एक डेढ महिनाको मात्रै भएको उहाँले बताउनुभयो ।

    विभागले कार्यालयले पठाएको अनुमतिपत्र झण्डै दुई महिनामा छापेर पठाइरहेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij