आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वराज पोखरेलले लगाए एआईजीको फूली

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २६, २०७७



  • काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

    प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीर्पी शैलेश थापा क्षेत्रीले पोखरेललाई एआईजीको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन ।

    नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मङ्सिर २५ गतेको निर्णयअनुसार पोखरेललाई एआईजीमा बढुवा गरेको थियो ।

    बढुवा भएका पोखरेलको पदस्थापना समेत भइसकेको छ । पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ ।

    समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका एआईजी पोखरेललाई बधाई दिँदै  पदोन्नतिपछि प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिएका छन् ।

    संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई आगडि बढ्नुपर्ने आईजीपी क्षेत्रीले बताए ।

    कार्यक्रममा पोखरेलले नेपाल सरकार एवम् प्रहरी संगठनले विश्वास गरी आफूलाई पदोन्नति गरेको चर्चा गर्दै उक्त विश्वासलाई रतिभर पनि प्रश्न नआउने गरी प्राप्त जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij