आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना भाइरस संक्रमणबाट थप १४ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, मंसिर २८, २०७७



  • काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु  भएको छ ।

    सप्तरीका ३ जना, बारा, काठमाडौं र कैलालीका २/२ जना, ललितपुर, कास्की, तनहुँ, बाँके र डोटीका १/१ जनाको  मृत्यु भएको प्रदेशका  सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् ।

    • हनुमाननगर कंकालिनी नगरपालिका– १४, सप्तरीका ६५ बर्षीय पुरुषको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मंसिर २६ गते मृत्यु भएको छ ।
      अस्पताल भर्ना भएकी दिन उनमा मंसिर २५ गते संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह र दमका रोगी पनि थिए ।
    • सुरुङ्गा नगरपालिका–३ सप्तरीका ४२ बर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंसिर २२ गते मृत्यु भएको छ । उनमा मंसिर १९ गते संक्रमण पुष्टि भएको थियो ।
    • खड्क नगरपालिका–६, सप्तरीकी २२ बर्षीया महिलाको नोबेल शिक्षण अस्पताल विराटनगरमा मंसिर २६ गते मृत्यु भएको छ । उनमा २५ मंसिरमा संक्रमण पुष्टि भएको थियो ।
    • बारागढी गाउँपालिका– २ बाराका ७६ बर्षीय पुरुषको एसआरएन अस्पताल बीरगंजमा उपचारका क्रममा मृत्यु भएको छ । उनको मंसिर २ गते मृत्यु भएपनि प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबारमात्र जानकारी गराएको छ ।
    • परसौनी गाउँपालिका– २ बाराका ६९ बर्षीय पुरुषको एनएमसी अस्पताल बीरगंजमै उपचारका क्रममा ८ मंसिरमा मृत्यु भएको छ । उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
    • काठमाडौंकी ९४ वर्षकी महिलाको मंसिर २६ गते मृत्यु भएको छ । मंसिर २० गते संक्रमण पुष्टि भएको उनमा मुटुरोग, निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएको थियो ।
    • काठमाडौंकी ८० वर्षकी महिलाको मंसिर २८ गते मृत्यु भएको छ । मंसिर २३ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा दम, उच्च रक्तचा र मधुमेहको समस्या देखिएको थियो ।
    • ललितपुरका ८३ वर्षका पुरुषको मंसिर २८ गते मृत्यु भएको छ । मंसिर २६ गते अस्पताल भर्ना भएका उनमा २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा दमको रोग थियो ।
    • पोखरा महानगरपालिका-१७, कास्कीकी ७४ वर्षीया महिलाको शनिबार राति ८:४० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर २६ गते संक्रमण पुष्टि भएको थियो ।
    • म्याग्दे गाउँपालिका-२, तनहुँका ६० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार बिहान ९:३० बजे मृत्यु भएको छ । उनमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
    • नेपालगञ्ज उपमहानरपालिका- ४, बाँकेका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आइतबार बिहान साढे ३ बजे मृत्यु भएको हो । मंसिर २५ गते संक्रमण पुष्टि भएको उनलाई २७ गते अस्पताल भर्ना गरिएको थियो ।
    • दिपायल सिलगडी नगरपालिका-५, डोटीका ४९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शनिबार साँझ ६:४५ बजे मृत्यु भएको छ । मंसिर २७ गते संक्रमण पुष्टि भएका उनको आईसीयूमा उपचार भइरहेको थियो ।
    • धनगढी उपमहानगरपालिका-१, कैलालीकी ५५ वर्षीया महिलाको आइतबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि धनगढीकी ५५ वर्षीया महिला मंसिर २२ गते अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
    • गोदावरी नगरपालिका-१, कैलालीकी ७५ वर्षीया महिलाको आइतबार विहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी मंसिर २१ गते अस्पताल भर्ना भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij