आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई सन्तानकी भाउजु लिएर देवर भागे, पक्राउपछि बयान सुन्दा सबै चकित !

  • प्रकाशित मिति : सोमवार, मंसिर २९, २०७७



  • काठमाडौ । पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कर्महरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ ।

    जुन नेपाली सीमा नजिक छ । यस्ता घटनाले नेपाललाईपनि प्रभाव पार्दछ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

    प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् ।

    उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् ।

    पक्राउपछिको बयानमा भाउजुले बिबाह गरेको केही दिनदेखि नै देवरसँग हरेक गोप्य रुपमा रहेको बताएकी छिन् । श्रीमानसँग आफुलाई खुशी नमिलेपछि देवर रोजेको र देवरलेपनि साथ दिएको उनको बयान छ ।

    उनीहरु दुबैले आफुहरुसँगै हुँदा मात्र खुशी मिल्ने भएकाले यो निर्णय लिएको अब कहिलै छुट्टिन नसक्ने बताएका छन् । न्यायिक निकायले के गर्छ उनीहरु त्यसको पर्खाइमा छन् ।

    उनीहरुलाई थुनामा भने राखिएको छैन । परिवारको निवेदनका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर परिवारसँग छलफल गराएको छ । प्रहरीले गराएको छलफलमा उनीहरु एकसाथ बस्ने निर्णय सुनाएका छन् । तर केही लेनदेन मिलाउनुपर्ने सहमति भएको छ ।

    0
    0
    1
    1

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij