सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पुस १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको निर्णय

  • प्रकाशित मिति : सोमवार, मंसिर २९, २०७७



  • काठमाडौं। नेपाल चलचित्र संघले विगत ९ महिनादेखि बन्द रहेका फिल्म हलहरु आगामी पुस १० गते देखि सञ्चालन गर्ने बताएको छ। सोमबार एक विज्ञप्ती जारी गर्दै संघले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण चैतदेखि बन्द रहेका फिल्म हल पुस १० गतेदेखि खोल्ने निर्णय भएको जनाएको छ।

    सरकारले फिल्म हल खोल्न कुनैपनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघकी अध्यक्ष मधुसुदन प्रधानद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

    मुलुकभर हवाई यातायात, स्थल यातायात, होटेल, रेस्टुरेन्ट, व्यापार व्यबसाय पूर्णरुपमा सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वप्कृति प्राप्त नभएको हुँदा संघले नेपाल सरकार र विश्वस्वास्थ्य संगठनको सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने जनाइएको छ।

    यस्तै कोरोना भाइरस महामारीका कारण सबैभन्दा धेरै प्रभावित चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको जनाउँदै संघले सरकारसमक्ष केही माग राखेर चरवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij