प्रकाशित मिति : शनिबार, पुस ४, २०७७
ईश्वर सुवेदी,गलकोट बाग्लुङ। बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाले नगरपालिकाको सदरमुकाम तथा जनप्रतिनिधीसंग प्रत्यक्ष रुपमा सम्पर्कमा आउन नसकेका समुदायमा स्थलगत भेटघाट कार्यक्रम संचालन गरेको छ । गलकोट नगरपालिकाको क्षेत्र भित्र रहेर पनि पछाडि परेका समुदायसंग प्रत्यक्ष भेटेर उनिहरुको समस्यालाई समाधान गर्ने उद्धेश्य अनुरुप नागरिकसंग नगरप्रमुख कार्यक्रम संचालन गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।
उहाँँले समुदायस्तरमा लुकेका तथा अदृश्य रुपमा रहेका आम नागरिकका समस्या बुझ्ने तथा समस्याहरुको पहिचान गरि समाधान गर्ने उद्धेश्य अनुरुप नागरिकसंग नगरप्रुमख कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

सामान्य नागरिकको पहुँचमा स्थानीय सरकारको सेवा उपलब्ध गराउने महत्वपुर्ण लक्ष्य अनुसार कार्यक्रम शुरुवात गरिएको हो । नगरप्रमुख गैरेले भन्नुभयो, कार्यक्रम मार्फत नगरको पहुँचमा नभएका नागरिकलाई नगरसंग जोड्न र समस्या समाधानमा टेवा पुग्ने छ ।
गलकोट नगरपालिकाको सबै नागरिकले सेवा लिने क्रममा कतिपय नागरिक प्रत्यक्ष रुपमा जनप्रतिनिधीसंग भेटघाट समेत हुने, आफ्ना समस्या राख्न नसक्ने, तथा स्थानीय सरकारको अनुभुति समेत गर्न नसकेका नागरिकलाई उनिहरुसंग प्रत्यक्ष भेट्ने कार्यक्रमको रुपमा नागरिकसंग नगरप्रमुख कार्यक्रम संचालन गरिएको गलकोट नगपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बिकले जानकारी दिनुभयो ।

।
नागरिकका समस्या बुझ्ने र समाधान गर्ने लक्ष्य अनुसार आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे गलकोट नगरपालिका वडा नम्वर १ र २ का बिभिन्न टोल तथा बस्तीमा पुग्नुभएको छ ।
गलकोट नगरपालिका १ दुदीलाभाटी स्थित पर्यटकीय गन्तब्य काफलडाँडा हलहलेमा स्थानीय नागरिकसंग भेटघाट गर्नुभएको छ । कृषिको अत्यन्त सम्भावना हुदाँहुदै पनि प्रचार प्रसार तथा लगानीको अभाबले पछाडि परेको ठाउँ काफलडाँडा हलहलेमा त्यहाँका कृषक खडक बहादुर गुरुङको कृषि फमको अबलोकन गदैं उहाँको समस्याहरु बुझ्नुभएको छ ।
नगरप्रमुख गैरेले यस क्षेत्रको बिकास तथा कृषि र कृषकका समस्याहरु समाधानको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता समेत ब्यक्त गर्नुभएको थियो ।

त्यस्तै गलकोट नगरपालिका वडा नम्वर १ को चौराहामा चौराहा तारामण्डल आमा समुहको बहुद्धेश्यीय सामुदायिक भवन निर्माण स्थलको समेत अबलोकन गर्नुभएको छ । उक्त भवन निर्माणको लागि गलकोट नगरपालिका चालु आर्थिक बर्षमा ५ लाख बजेट बिनियोजन गरेको छ भने, निर्वाचन क्षेत्र बिकास कोषबाट समेत उक्त भवनको लागी १० लाख बजेट बिनियोजन भएको छ ।
नागरिकसगं नगरप्रमुख कार्यक्रम अन्तरगत आजै संघीय मन्त्रालयबाट संचालित खानेपानी योजना अन्तरगत गलकोट नगरपालिका २ स्थित थुम्का, मौरीया, भुङखानीका लागि निर्माण भएको २० हजार लिटर क्षमताको ट्यान्की, पाईपलाईन समेत अबलोकन गर्नुभएको गलकोट नगरपालिकाले जनाएको छ । नगरको पुहँच बाहिरका समुदायमा कार्यक्रम आगामी दिनमा संचालन गर्नेनगरप्रुमख गैरेले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij