सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

एउटै बोका १८१ किलो, हेर्न आउनेको ओइरो

  • प्रकाशित मिति : आइतवार, पुस ५, २०७७



  • काठमाडौं ।  अर्घाखाँची डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ। यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्।

    बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन्।

    अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ।

    डिभर्नाकै गीता भुसालले दुई माउ बाख्रा मात्रै पालेकी छन्। भुसालले तिनै बाख्राका पाठापाठी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरेकी छन्।

    तीन वर्षमा बोका र पाठी बिक्रीबाट ७ लाख रुपैयाँ कमाएको उनको भनाइ छ। ‘धेरै पाल्नु पनि पर्दैन। दुःख पनि छैन। मैले दुई बाख्रा स्याहार गरेकी छु। ७ लाख कमाएँ’, उनी भन्छिन्, ‘२ लाखका पाठापाठी तयार छन्।’

    उनी मात्र होइन, डिभर्नाका किसानले बोयर बोका बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका छन्। स्थानीयवासी बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्।

    मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थामा आबद्ध किसानले बोयर बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।

    ०७३ साल मंसिरमा अस्टेलियाबाट ३ लाख रुपैयाँका दरले १२ वटा बोयर बोका ल्याइएको थियो। अन्नपूर्ण

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij