मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

५० वर्ष नाघेपछि प्रत्येक पुरुषले खानुपर्छ यी ६ खानेकुरा, विशेषज्ञले बताए फाइदा

  • प्रकाशित मिति : आइतवार, पुस ५, २०७७



  • ब्रिटिश न्यूट्रिशन फाउन्डेशनका अनुसार ५० वर्षभन्दा माथिका मानिसहरुको मेटाबोलिजम सिस्टम २० वर्षका व्यक्तिहरुको तुलनामा निकै सुस्त हुन्छ । त्यसैले उनीहरु फिट रहनका लागि असाध्यै कम क्यालोरीको आवश्यकता पर्छ । बढ्दो उमेरमा मानिसहरुमा उच्च रक्तचाप, मुटुरोग, मधुमेहको खतरा र प्रोस्टेट क्यान्सरको समस्या निकै बढ्ने गर्छ । विशेषज्ञका अनुसार ५० वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुले आफ्नो खानामा केही विशेष खानेकुरा सामावेश गरेर यस्ता रोगको खतराबाट जोगिन सक्छन् ।

    फ्याटी फिसः

    फ्याटी फिसजस्तै साल्मनमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यसले शरीरमा गुड कोलेस्ट्रोलको स्तरलाई बढाउँछ भने आन्द्रा सुन्निने लगायतको समस्या पनि कम हुन्छ जसका कारण क्यान्सरको खतरा कम हुनेगर्छ ।

    अण्डाः

    बढ्दो उमेरसँग मानिसहरुको मांसपेशी कमजोर हुन थाल्छ । अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो जसले हाम्रो मांसपेशीलाई बलियो बनाउने काम गर्छ । अण्डामा शरीरका लागि आवश्यक भिटामिन डी र ओमेगा थ्री फ्याटी एसिड पाइन्छ । यसमा चोलिन नामको एक विशेष पोषक तत्व पनि पाइन्ट जसले हाम्रो जिन्सलाई रेगुलेट गर्न मद्दत गर्छ ।

    एवोकाडोः

    आजकाल मानिसहरुमा कोलेस्ट्रोलको समस्या अत्यधिक बढेको छ । यसलाई नियन्त्रण गर्नका लागि तपाई हेल्दी फ्याटले भरपुर एभोकाडोको प्रयोग गर्न सक्नुहुन्छ । यसले रक्तचाप नियन्त्रण गर्नुका साथै हृदय रोगको जोखिम पनि निकै कम गर्न मद्दत गर्छ । तौल घटाउन र सुन्निने समस्याबाट राहत पाउनका लागि पनि यो निकै फाइदाजनक छ ।

    ब्लूबेरी वा स्ट्रबेरीः

    बेरिजलाई फाइबरको सबैभन्दा राम्रो स्रोत मानिन्छ । फाइबर एउटा यस्तो पोषक तत्व हो जसले हाम्रो तौललाई पनि नियन्त्रणमा राख्छ । यसमा भएको एन्टिअक्सिडेन्टले कोसिकालाई खराब हुने समस्यादेखि छाला, मूत्राशय, फोक्सो र घाँटीको क्यान्सरको खतराबाट पनि जोगाउन सकिन्छ । यसलाई तपाईं सलाद वा दहीसँग मिसाएर पनि खान सक्नुहुन्छ ।

    बदाम–ओखरः

    पाका उमेरका मानिसहरुका लागि बदाम–ओखरलाई एउटा निकै राम्रो डाइट मानिन्छ । हड्डीलाई बलियो बनाउने बदाम प्रोटिन र स्वस्थ फ्याटले भरपुर हुन्छ । बदामका साथै ओखर पनि डायट्री फाइबरको एक उत्कृष्ट स्रोत हो जसले फ्याट कन्ट्रोल गर्ने जिन्सलाई एक्टिभेट गर्छ । यो हाम्रो दिमागलाई काम गराउनका लागि पनि एक उत्कृष्ट खान्की हो । यो उमेरका मानिसहरुले दैनिक ६ देखि १० वटा बदाम (एल्मोन्ड) र ३ देखि ४ वटा ओखर खानुपर्छ ।

    चुकन्दरः

    चुकन्दरमा नाइट्रेट नामको पोषक तत्व पाइन्छ जसले धैर्य शक्ति बढाउनुका साथै रक्तचाप पनि नियन्त्रणमा राख्छ । यसले मुटुलाई पनि स्वस्थ राख्न सहयोग गर्छ । यसमा अत्यधिक मात्रामा पोटासियम पाइन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्नुका साथै शरीरबाट नुनको अतिरिक्त मात्रालाई बाहिर राख्न मद्दत गर्छ ।

    डाइट बाहेक के गर्ने ?

    उमेर सँगै बढ्दो तौलले मुटुजन्य रोगको खतरा पैदा गर्छ । त्यसैले डाइट सँगै सक्रिय रहन निकै आवश्यक छ । आफ्नो शारीरिक शक्ति बढाउनका लागि नियमित व्यायाम गर्नुहोस् । रक्सी, चुरोटबाट टाढै रहनुहोस् । शरीरलाई हाइड्रेट राख्नुहोस् र दैनिक ७–८ घण्टाको पर्याप्त निद्रा पुर्याउनुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij