मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

झुट बोलेर हवाइजहाजमा यात्रा गरिरहेका कोरोना संक्रमितको यात्राकै क्रममा मृत्यु

  • प्रकाशित मिति : बुधबार, पुस ८, २०७७



  • काठमाडौं। झुट बोलेर हवाइजहाजमा यात्रा गरिरहेका कोरोना संक्रमित व्यक्तिको यात्राकै क्रममा मृत्यु भएको छ । यी व्यक्तिकी श्रीमतीले पारामेडिक्सलाई उनीमा विगत १ हप्तादेखि कोरोनाको लक्षण देखिएको बताएकी थिइन् । उनले सुँघ्ने र स्वाद थाहा पाउने क्षमता पनि गुमाएका थिए । तर, यी महिलाले ती व्यक्ति कोरोना संक्रमित नभएको बताउँदै लस एन्जल्स पुगेर परीक्षण गराउने बताएकी थिइन् ।

    फक्स लस एन्जल्सको रिपोर्टका अनुसार जहाज उड्नुभन्दा पहिले नै यी व्यत्तिः काँपिरहेका थिए र उनलाई पसिना आइरहेको थियो । जहाज उडेपछि ती व्यक्तिको हालत झनै बिग्रिँदै गयो र जहाजलाई न्यू ओरलिएन्समा आकस्मिक अवतरण गराउनु पर्यो । यी व्यक्तिले फ्लाइटमा मास्क लगाएका थिए र एक घण्टाको यात्रापछि उनले सास फेर्न छाडेका थिए । त्यसपछि केबिन क्रुले पारामेडिक्सको सहयोग मागे । टोनी उल्डापा नामका व्यक्तिले संक्रमणको खतरा उठाउँदै ती व्यक्तिलाई बचाउने प्रयास गरेका थिए तर संक्रमित व्यक्तिको मृत्यु भयो ।

    टोनीले ट्वीट गर्दै भनेका छन् ‘एक व्यक्ति जो कोरोनाबाट ग्स्त थिए । मैले सीपीआरको सहाराले उनको ज्यान बचाउने कोसिस गरें । मलाई थाहा छ यसमा धेरै जोखिम पनि थियो । मैले यी यात्रीकी पत्नीसँग उनको मेडिकल इतिहासबारे सोधेको थिएँ । तर उनले यी व्यत्तिः कोरोना संक्रमित भएको बताइनन् बरु लस एन्जल्समा उनको कोरोना परीक्षण हुने बताएकी थिइन् ।’ यो घटनापछि अधिकारीहरुले अन्य यात्रीहरुसँग सम्पर्क गर्ने कोसिस गरिरहेका छन् । क्रु टिमलाई २ हप्ताको आइसोलेसनमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij