मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोना संक्रमण दोस्रो चरणमा फैलिने सम्भावना

  • प्रकाशित मिति : बुधबार, पुस ८, २०७७



  • काठमाडौं, पुस ८ । विश्वलाई नै एक वर्षदेखि आक्रान्त पारिरहेको कोरोना महामारी केही देशहरुमा फेरि दोस्रो चरणमा फैलिसकेको छ ।

    झन बेलायतमा त भाईरस नयाँ स्वरुपवाट फैलिन थाले पछि यसले चिन्ता बढाएको छ ।

    कोरोना संक्रमण उत्कर्षमा पुगेर कम हुदै जानु वा केही समय नियन्त्रणमा आउने तर पछि विस्तारै संक्रमण बढ्नुलाई नै संक्रमणको दोस्रो लहर भनिन्छ ।

    तर यसको वैज्ञानिक व्याख्या भने छैन् ।

    सन् १९१८ मा ‘स्पेनिस फ्लु’ नामक भाईरस पनि दोस्रो लहरमा फैलिएको थियो ।

    जसले धेरैको ज्यान लियो ।

    अहिलेको कोरोना महामारीमा पनि अमेरिका, यूरोप र भारतका केही स्थानमा दोस्रो चरणमा देखिसकेको छ ।

    यूरोपमा सुरु भएको दोस्रो चरणको संक्रमण भने स्पेनवाट फैलिएको विभिन्न अध्ययनहरुले देखाएको छ ।

    नेपालमा पनि १ महिनादेखि कोरोना संक्रमितको संख्यामा कमी आएको देखिन्छ ।

    पीसीआर परीक्षण समेत घटेका कारण संक्रमितको संख्यामा कमी देखिएको हो ।

    कोरोना संक्रमण देखिएको १० महिना पछि परीक्षण पनि कम र संक्रमितको संख्या कम देखिनुले नेपालमा आगामी दिनमा संक्रमणको जोखिम हट्दै जाने वा संक्रमणको दोस्रो लहर सुरु हुने हो, दुवै सम्भावना उत्तिकै देखिन्छ ।

    विज्ञहरुले जनस्वास्थ्यको मापदण्ड प्रयोगमा कमी ,जनजीवन चलायमान हुनु र वेलायतमा नयाँ प्रकारवाट भाइरसको फैलावटले पनि दोस्रो लहरको संक्रमण फैलन सक्ने सम्भावना रहेको बताउंछन् ।

    संक्रमण दोस्रो चरणमा सुरु भएका देशहरुमा पहिलोको तुलनामा संक्रमण बढी र व्यापक देखिएको छ ।

    ती देशहरुमा युवा र दीर्घरोग नभएका व्यक्तिहरु बढी प्रभावित छन् ।

    समय अन्तरालमा भाइरसको जिनमा प्राकृतिक रुपमा नै परिवर्तन भइरहेको हुन्छ ।

    जिनमा परिवर्तन हुदै गर्दा संक्रमणको दोस्रो लहर शुरु हुने सम्भावना उच्च रहने विज्ञहरु बताउछन् ।

    तर सक्रमणको दोस्रो लहर सुरु भयो भने के गर्ने ? कसरी रोक्ने भन्ने कुनै योजना बनेको छैन् ।

    नेपालमा फैलिरहेको संक्रमणको अबस्था कस्तो छ, संक्रमणको दरमा कसरी कमी आयो भन्ने जस्ता विषयमा अध्ययन नभएको अबस्थामा थप दोस्रो लहरको मार खेप्नु पर्यो भने अबस्था थप जटिल बन्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij