मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १०, २०७७



  • ९ पुस, सुर्खेत । दैलेखका कोरोना संक्रमति पुरुषको सुर्खेतस्थित वीरेन्द्रनगरमा उपचारका क्रम्मा भएको छ । प्रादेशिक अस्पतालमा उपचारको क्रममा नारायण नगरपालिका वडा नं. २, दैलेख निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    उनको बिहीबार १०ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

    अधिकृत कँडेलका अनुसार सास फेर्न कठिनाई, खोकी, ज्वरो र खानामा रुचि नहुने मस्या भएपछि मंसिर २६ गते प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

    उनको सोही दिन नै प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट जिन एक्सपर्ट पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमण पुष्टि भएको थियो ।

    त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभई उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

    यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २५ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij