सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

नागरिकका समस्या बुझ्न गल्कोटका मेयर गैरे घामपानी र तोरीखोलामा।

  • प्रकाशित मिति : शुक्रबार, पुस १०, २०७७



  • ईश्वर सुवेदी, गलकोट।
    बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका नागरिकहरु नगर सदरमुकाम तथा जनप्रतिनिधिसगं सम्पर्कमा आउन नसक्दा पछाडी परेको समुदायस्तरमा भेटघाट कार्यक्रम संचालन भईरहेको छ । यसै वीच आज गलकोट नगरपालिकाका वडा नम्वर २ को घामपानमिा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, उप प्रमुख रेनुका काउचा मगर वडा नम्वर २ का अध्यक्ष हिमबहादुर भण्डारी, वडा सदस्य घनश्याम कुवर लगायतको टोली आज गलकोट नगरपालिका वडा नम्बर २ को घामपानी दलीत बस्ती तथा तोरीखोलामा पुग्नुभएकोे हो ।
    भेटघाटको अवसरमा निर्माणधिन विभिन्न आयोजना अबलोकन पछी नगर प्रमुख भरत शर्मा गैरे नरेठाटी घामपानीमा नगर स्तरीय योजनाबाट बन्दै गरेको सामुदायीक भबनको निर्माण कार्य चालु आर्थिक बर्ष भित्र सम्पुर्ण ब्यबस्थापन गर्ने बताउनुभयो ।
    उहाँले घामपानीमा स साना बालबालीकारु लाई पढ्न पायकपर्ने स्थानमा बाल बिकास केन्द्र संचालन गर्ने बताबराण् निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
    भोलीका साझेदार बालबालीकाहरुलाई आगामी शैक्षिक सत्र बाट घामपानीमै बाल बिकास केन्द्र स्थापना गरि संचालनमा ल्याउने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो ।
    नरेठाटी तोरीखोला स्थित सञ्चालन हुँदै आएका घरबासहरु कोरोना भाईरस कोभिड १९ का कारण बन्द हुने अबस्थामा पुगेकाले अब फेरि पुरानै अबस्थामा फर्काउन नगरपालिकाले गर्नुपर्ने सहयोगका बारेमा होमस्टे संचालकसंग अन्तरक्रिया सम्पन्न भएको थियो ।
    अन्तरक्रियाको क्रममा नगर प्रमुख गैरे होमस्टेलाई प्रर्वद्धन गर्न नगरपालिकाले सधै साथ र सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचाले पछिल्लो समयमा महिलाहरु सामाजिक तथा बिकास निमार्णमा अग्रसर बन्दै आएको बताउँनुभयो ।
    उहाँँले तुलनात्मक रुपमा महिलाहरुमा क्रियाशिलता बढेपनि महिलाहरु अझैं समाज बिकासमा उत्साहजनक सहभागि हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij