सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बागमती प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा

  • प्रकाशित मिति : शनिबार, पुस ११, २०७७



  • काठमाडाैं।बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन्। प्रचण्ड–माधव पक्षधरका वगामती प्रदेशका उद्योग,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आन्तरिक विकास मन्त्री शालिकराम जमकट्टेलले आज मुख्य मन्त्रीलाई राजीनाम बुझाएका हुन् ।

    उनीहरूले मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहि काम गर्न नसकिएको भन्दै राजीनामा दिएका हुन्। आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले शुक्रबार सामुहिक राजीनामा दिएका हुन्।

    ‘डोरमणि पौडेलको नेतृत्वमा बनेको सरकार यतिबेला प्रदेशको जनताको भावना अनुरुप योजनाबद्ध रुपमा विकास निर्माण, जनसेवा र सुशासन कायम गर्दै प्रदेश सरकारको महत्वलाई स्थापीत गर्दै अगाडि बढ्नुपर्नेमा निक्कै सुस्त रहन पुग्नुमा मूख्यमन्त्री स्वयम्मा दिशाविहीन, निर्णयविहीन रहेको, प्रदेश सरकारमा संलग्न मन्त्रीपरिषद्का सदस्यको सल्लाह सुझाव, पार्टीको संसदीय दलको सल्लाह सुझावलाई विल्कुलै वेवास्था गर्दै अगाडि बढेको छ’, राजीनामा पत्रमा भनिएको छ, ‘मुख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहीविहीन बन्दै जान लागेको कारण यही नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्षसहित आजैका मितिबाट लागू हुने गरी राजीनामा दिएका छौं।’

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij