प्रकाशित मिति : मङ्लबार, पुस १४, २०७७
काठमाडौं। काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्विट्समा छापा मारिएको छ। मंगलबार आँगन स्वीट्सबाट लिइएको मिठाइमा नङ भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। उक्त मिठाइ पसलमा प्रहरीले मुचुल्कासमेत उठाइसकेको छ।
मिठाइमा नङ चाहिँ नेपाल प्रहरीका एक एसएसपीले फेला परेका हुन्। हालै डीआइजी सिफारिसमा भएका एसएसपीले बढुवा सिफारिस भएको खुशीमा मिठाइ बाड्न आँगनबाट किनेका थिए। उनले घरमा लिएर गएको मिठाइ भित्र नङ भेटिएको हो।
प्रहरीले आँगनका कर्मचारीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij