सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कुकुरलाई १५ रोपनी जग्गा अंश !

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • आफ्ना छोराछोरीको नाममा बाउआमाले पैत्रिक सम्पत्ति नामसारी गरिदिनु त स्वभाविकै हो तर छिमेकी मुलुक मध्यप्रदेशको छिन्दवाडामा चाहिँ एकजना किसानले घरमा पालेको कुकुरको नाममा आफ्नो १५ रोपनी जग्गा नामसारी गरिदिएका छन् ।

    मध्यप्रदेशको बाडीबाडा गाउँमा बस्ने ओम नारायण नामका किसानले आफ्नो सम्पत्तिमध्ये आधा हिस्सा घरमा पालेको कुकुर ज्याकीको नाममा र बाँकी आधा हिस्सा आफ्नी पत्नी चम्पाको नाममा नामसारी गरिदिएका हुन् ।

    ओम नारायणका आफ्ना छोराछोरी नभएको कारणले गर्दा कुकुरलाई सम्पत्ति दिएका भने होइनन् । वास्तवमा आफ्नो छोराको व्यवहारले दिक्क भएका कारण उनले सम्पत्ति आफ्नै छोरालाई दिनु पर्ने अंश पत्नी र कुकुरको बीचमा सम्पत्ति बाँडिदिएका हुन् । ओम नारायणसँग उनका छोराले दिनहुँ झैझगडा गर्ने गरेका कारण उनले छोरालाई सम्पत्ति दिएनन् ।

    ओम नारायणले बकाइदा कानुनी बकसपत्र गरेर कुकुरलाई आफ्नो सम्पत्तिको वारेस बनाएका हुन् । उनले बकसपत्रमा लेखेका छन्, ‘मेरो सेवा मेरी पत्नी र मेरो घरपालुवा कुकुरले गर्दछन् । त्यसैले यी दुई मेरा लागि अधिक प्रिय छन् ।’

    बकसपत्र अनुसार कुकुरको नाममा नामसारी गरिएको उक्त जग्गा उनको मृत्युपछि कुकुरको सेवा गर्ने मान्छेले पाउनेछ । अर्थात् ओम नारायणको मृत्युपछि जसले उक्त कुकुरको हेरचाह गर्नेछ उसले नै ओम नारायणले कुकुरको नाममा गरिदिएको सम्पत्ति पाउनेछ ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij