मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

साइनोफर्मले विकास गरेको कोभिड-१९ विरुद्ध खोप सार्वजनिक प्रयोगका लागि चीनद्वारा स्वीकृति

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • बीबीसी। चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ।

    उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।

    चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ। सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो।

    क्रमिक रूपमा विश्वभर फैलिएको कोरोनाभाइरस सङ्क्रमणलाई कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दै सङ्क्रमणको दरलाई निकै कम राख्न चीन सफल भएको छ।

    बिहिवारको घोषणा चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो जसलाई विश्वकै सबैभन्दा बढी जनसङ्ख्यालाई खोप लगाउनका लागि मुख्य कदमका रूपमा हेरिएको छ।

    चीनले गत जुलाईमा आपतकालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो। त्यहाँ हालसम्म खोपको ४५ लाख भन्दा बढी मात्रा वितरण गरिसकिएको छ।

    बेङजीङ्ले चिनियाँ नयाँ वर्षको सुरुवात फेब्रुअरी महिनाको मध्यसम्ममा करोडौँ सर्वसाधारणहरूलाई खोप लगाउने अपेक्षा गरेको छ।

    केही विज्ञहरूले सावधान रहँदै खोपलाई दिइएको स्वीकृतिको स्वागत गरेका छन्। तर उनीहरूले परीक्षणको विस्तृत डेटा सार्वजनिक नगरिएको औँल्याएका छन्।

    “पूर्ण रूपमा समीक्षा गरिएको अध्ययन वा डेटा प्रकाशन नगरिएकाले चिनियाँ वा रुसी खोपको प्रभावकारिता बारे टिप्पणी गर्न गाह्रो छ,” सोलस्थित इन्टरन्यासनल भ्याक्सिन इन्स्टिच्युटका सोङ मान-कीले समाचार संस्था रोयटर्सलाई बताए।

    पश्चिमा मुलुकहरूमा फाइजर/बायोएनटेकले विकास गरेको खोप ९५ प्रतिशत र मोडेर्नाले विकास गरेको खोप ९४ प्रतिशत प्रभावकारी देखिएपछि सार्वजनिक प्रयोगका लागि स्वीकृत गरिएको थियो।

    चीनले आफूले विकास गरेको खोप कम विकसित मुलुकहरूलाई “उचित मूल्य” मा दिने बताएको छ जस कारण उसले विकास गरेको खोप विश्वका धेरै मानिसहरूले प्राप्त गर्ने सम्भावना छ।

    यसै महिना यूएईले तेस्रो चरणको परीक्षणमा ८६ प्रतिशत प्रभावकारी भएको भन्दै साइनोफार्मले विकास गरेको खोपको प्रयोग सुरु गरेको थियो।

    बाहरेनले पनि यही खोप सार्वजनिक प्रयोग गरेको थियो। साइनोफार्मले विकास गरेको खोपलाई चीनले स्वीकृत गरेको केही घण्टामै पाकिस्तानले १२ लाख मात्रा खरिद गर्ने घोषणा गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij