प्रकाशित मिति : शनिबार, पुस १८, २०७७
कठमाडौं। राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न रहेको भन्दै २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी कारोबार गर्ने २८ जनाविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागले १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो माग असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ।
विभागका अनुसार कुल २६ फर्महरूले कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी कारोबार भएको देखाएका थिए। विभिन्न फर्मको नाममा झुटा तथा नक्कली भ्याट बिल तथा बिजक जारी गरेको पाइएको विभागको दाबी छ।
अनुसन्धानको क्रममा सबुत प्रमाण भेटिएको भन्दै विभागले अब उनीहरूविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गराउनसमेत मागदाबी गरेको छ। उनीविरुद्ध राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ अनुसार कारबाही हुने विभागले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij