आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

  • प्रकाशित मिति : शनिबार, पुस १८, २०७७



  • काठमाडौं । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित कारकाँदोमा डरलाग्दो दुर्घटना भएको छ । नेपालगञ्जबाट कोहलपुरतिर जाँदै गरेको बसेले उप–महानगर–१८ मा रहेको एसके पेट्रोल पम्प नजिकै पहिले ट्याक्टरलाई ठक्कर दियो ।

    ना.५ख ५७७३ नम्बरको बसको ठक्करले ट्याटरले फन्को मारेको दृश्य सिसिटिभी फुटेजमा देखिन्छ । अनि, अनियन्त्रित हुँदै बस पसलमा पस्यो । दुर्घटनामा परेर आटोको शोरुममा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले बताए ।

    बसले शुरुमा ठक्कर दिएको भे.१च ५१३४ नम्बरको ट्याक्टर चालक लडेर फेरि दौडिँदै चालक सिटमा चढेको सिसिटिभी फुटेजमा देखिन्छ ।

    शुक्रबार भएको सो दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । बस चालक राजकुमार बाल्मिकीलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij