सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

पश्चिम नेपालमा वर्षा र हिमपात, मुलुकभर बादल

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • काठमाडौं। पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै सक्रिय भएको पश्चिमी वायुको प्रभाव आगामी बिहीबारबाट मात्रै हट्नेछ ।

    सोमबार बिहान उपत्यकामा छिटफुट वर्षा भए पनि दिनभर घाम लाग्न सकेन । साँझ बाक्लु हुस्सु देखिँदा सवारी आवतजावतमै समस्या उत्पन्न भएको थियो । बाक्लो हुस्सुको कारण उपत्यकाको जनजीवन सोमबार प्रभावित बन्यो ।

    आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र आगामी बिहीबारबाट खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

    ‘पश्चिमी वायु आउँदा यसले आकाश ढाकेर आउने भएकाले दिनभरिको तापक्रमलाई वायुमण्डलमा धेरै टाढा जान दिँदैन,’ उनले भनिन्, ‘त्यसैले सोमबार न्यूनतम तापक्रम बढेको हो ।’ उनले जनाईन् ।

    मौसम बदलीका कारण काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । सोमबार साँझ काठमाडौं उपत्यकाको भिजिबिलिटी एक हजार मिटरको छ । जुन दिउँसो ३ हजार मिटर थियो । आइतबार भने भिजिबिलिटी ६ हजार मिटरको रहेको थियो । मौसम बदली भए पनि अहिले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । सोमबार जुम्लामा हिमपातसहित २४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

    यसैगरी वीरेन्द्रनगर, सुर्खेतमा ११ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । धनगढीमा ९ दशमलव ७ मिलिमिटर वर्षा भयो भने दीपायलमा ६ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij