सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

३ वर्षअघि मात्रै प्रहरी सेवा प्रवेश गरेका इन्स्पेक्टरले १५ हजार घुस लिदा……

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • सवारी ज्यान मुद्दाको केस मिलाइदिने भन्दै १५ हजार रुपैयाँ घूस लिएको कसुरमा महानगरीय प्रहरी वृत्त थानकोटका निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा परिसर तानिएका छन् । उनलाई परिसरमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले जानकारी दिए ।

    ३ वर्षअघि मात्रै प्रहरी सेवा प्रवेश गरेका शर्मा थानकोट वृत्तको मुद्दा शाखामा कार्यरत थिए । मंसिर २६ गते साँझ चन्द्रागिरि नगरपालिका–१५, ढुंगे अड्डामा प्रदेश २–०३–००१–ख १४२० नम्बरको गाडीको ठक्करबाट ३ जनाको ज्यान गएको थियो भने ६ वटा अन्य सवारीमा क्षति पुगेको थियो ।

    दुर्घटना गराउने बसका चालक मकवानपुर र भएका रामबहादुर रखल मगरलाई छुटाउन बस समितिले घूस दिएको पनि खुलेको छ । दुर्घटना भएको लामो समयसम्म पनि मुद्दा अल्झाएर घूस मोलमोलाई गरेको उजुरी परेपछि परिसर र महानगरीय प्रहरी कार्यालयले उनीमाथी निगरानी बढाएको थियो ।

    त्यसपछि अनुसन्धान गर्दा १५ हजार घूस लिएको पाइएपछि शर्मालाई जिम्म्वोरी मूक्त गरेर थप अनुसन्धान अघि बढाइएको एआइजी पालले बताए ।

    ‘सवारी ज्यान मुद्दाको केसमा घूस लिएको आरोपमा थानकोट वृत्तको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको छ,’ पालले कान्तिपुरसँग भने, ‘पदीय आचरण, मर्यादा विपरित र गैरव्यवसायिक चरित्र देखाउने जुनसुकै ओहोदाका प्रहरी भए पनि छाड्दैनौं, केही व्यक्तिका कारण सिंगो संगठन बदनाम हुँदैन, गल्ती गर्ने कारबाहीको भागिदार हुनै पर्छ ।’ पछिल्लो १ साताको अवधिमा २ जना सई र १ जना जवानलाई निलम्बन र २ महिला प्रहरीलाई आचरणविपरीत काम गरेको कसुरमा नसियत दिइएको एआइजी पालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij