प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले सोमबार अमेरिकी विदेश नीतिबारे जानकारी दिदैं युरोपेली सहयोगीहरुसँग मिलेर चीनसँगको व्यापार युद्ध अन्त्य गर्ने लक्ष्य बाइडेन प्रशासनले राखेको बताएका छन् । बेलायतले युरोपेले संघ छाडिसकेको अवस्थामा उनको यस्तो प्रतिक्रिया सार्वजनकि भएको हो । वासिङटनले बेइजिङलाई एक रणनीतिक प्रतिस्पर्धीका रुपमा हेरेको र अमेरिका–चीनबीच जारी व्यापार युद्धका दौरान दुई देशबीच व्यापारिक सम्बन्धलाई पनि उत्तिकै प्राथमिकता दिइने उनले बताए ।
उनले चीनसँगको मतभेदलाई कम गर्नु अहिले लक्ष्य रहेको बताए । बहुपक्षीय व्यापार युद्ध समाप्त गरेर दुुई देशबीचको सम्बन्ध अघि बढाउने लक्ष्य बाइडेन प्रशासनको रहेको उनले बताए । अमेरिकाको सहयोगी युरोपेली संघसँग चीनले गत सातामात्रै ठूलो व्यापारिक सम्झौतामा सहमति गरेको थियो । समान विचारधाराका अर्थव्यवस्थाहरुबारे उल्लेख गर्दै ुलिवनले भनेका छन् कि हामी धेरै मुद्दाहरुमा साझा एजेन्डा विकसित गर्नसक्छौं । चीनबारेका चिन्ताहरुलाई शेयर गर्दै यसबारे ती देशहरुले मिलेर चिन्तन गर्नसक्ने पनि उनले बताएका छन् । चीनको व्यापार नीतिसँगै यसमा सैन्य आक्रामकता पनि समावेश छ । चिनियाँ खतरालाई प्रभावकारी ढंगले सल्टाउनका लागि अमेरिकालाई सहयोगीहरुले बलियो साथ दिनुुपर्ने उनले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij