आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चुनावको तयारीमा लाग्न महेश बस्नेतको निर्देशन

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले युवाहरुलाई सरकारले आगामी वैशाखमा घोषणा गरेको चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । राष्ट्रिय युवा सङ्घ म्याग्दीले आज बेनीमा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै सङ्घका इञ्चार्जसमेत रहेका बस्नेतले ताजा जनादेशका लागि प्रधानमन्त्रीले चालेको संसद् विघटनको कदम स्वभाविक र संवैधानिक भएको बताए । “पार्टीका केही नेताले आफ्नो स्वार्थ पूर्ति गर्न सरकारलाई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद् विघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने निर्णय गर्नुभएको हो”, उनले भने । “वैशाखमा हुने चुनावलाई सफल बनाउन तयारीमा लाग्नुहोस् ।”

    कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले आफ्नो कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गर्ने, पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गर्नेदेखि ठूला विकासका आयोजना भित्र्याएको बताए । शुरुआत गरिएका योजनालाई पूर्णता दिन र राजनीतिक स्थिरता कायम गर्न आगामी चुनावमा प्रम ओलीको नेतृत्वलाई जिताउन अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य नवराज शर्माले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij