सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरे : नेपाल

  • प्रकाशित मिति : बुधबार, पुस २२, २०७७



  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्।

    जनता समाजवादी पार्टी (जसपा)ले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर गरे।

    प्रधानमन्त्री ओलीले भ्रष्टाचार मौलाउने काममा भूमिका खेलेकोले पार्टी भित्रबाट सच्चिनका लागि आलोचना भएको बताएका छन्।

    उनले भने, ‘ प्रधानमन्त्रीले पार्टीभित्रबाट काम गर्न दिइएन भन्ने तर्क दिदै आउनु भएको छ। जनताको समस्यालाई बेवास्ता गर्दा, भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिँदा पार्टीभित्रबाट विरोध भएकै हो।’ प्रधानमन्त्री ओलीको अराजक, निरंकुश कार्यशैलीको विरोध गरेको नेपालले उल्लेख गरेका छन्। ‘सच्चिएर आउनु हुन्छ की भनेको सच्चिनु भएन’ नेपालले भने।

    नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री आफैलाई घाँडो हुन पुगेको बताएका छन। ‘ओलीले बोल्दा विचार नपु-याउँदा टाउको निहुराउनु परेको छ। हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुगेको थियो।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij