सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

माटाको छानामुक्त घर गराउँदै जुम्लाका स्थानीय तह

  • प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७



  • खलङ्गा । जुम्लाका आठवटै स्थानीय तहले आफ्नो पालिकाभित्रका अति गरीब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर माटोको छनामुक्त बनाउन थालेका छन् ।

    यहाँको तिला गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ स्थित फलबाडा गाउँलाई माटोको छानामुक्त गाउँ अभियान थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले बताए । गाउँ कार्यपालिको बैठकले सो वडाको गाउँलाई छनोट गरी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाएको प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।

    उनले भने, “पालिकाभित्रका सबै स्थानीय बासिन्दाको घर माटोको छानाले छाएका छन् । यो वर्षको सबै बजेट एउटै वडाको एक गाउँलाई छनोट गरी विकासे योजनालाई देखिने गरी काम शुरु गरेका छौँ ।” यो अभियान क्रमशः पालिका नौवटै वडाका गाउँमा लागू हुने तिला गाउँपालिका जनाएको छ । प्रतिघरलाई रु ५० हजारका दरले सो वडाका करीब २५० घरधुरीलाई पहिलो चरणमा माटोको छानामुक्त घर गर्न थालेको गाउँपालिकाका सामाजिक विकास अधिकृत जङ्गबहादुर बस्नेतले बताए ।

    गाउँपालिका सातवटै वडाका ६५ जना आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई छनोट गरी माटोको छानामुक्त गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाइसकेकाले र त्यहाँबाट बजेट आउने बित्तिकै माटोको छनामुक्त घर निर्माण गर्न लागि पर्ने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । धनजनको हुने क्षति बचाउनका लागि माटोको छाना हटाएर जस्तापाताको छाना प्रयोग गरिने यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । सो पालिकाले पनि दोस्रो चरणमा यहाँका सबै वडाका गाउँलाई माटोको छानामुक्त गाउँ गरिने गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए ।

    यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहले पनि सञ्चालन गरेका छन् । जिल्लाको हिमा, सिञ्जा, तातोपानी, कनकासुन्दरी, गुठीचौर र चन्दननाथ नगरपालिकामा पनि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरण पुगेको ती स्थानीय तहका सामाजिक विकास शाखाले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij